समय मिलाउन सकियो भने समस्या हुँदैन : लिङ्देन

  • प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६



  • पदम लिङ्देन (संकल्प) – दमकको सामाजिक तथा सहकारी क्षेत्रमा चिनिएको नाम हो । २०५३ सालदेखि दमक १ स्थायी वसोवास गरिआएका ४३ बर्षिय लिङ्देन सहकारी,धार्मिक संस्थासहित दमककै प्रतिष्ठीत एक सञ्चारमाध्यमका सञ्चालक लगायतका जिम्मेवारीमा छन् ।
    किरात धर्म तथा साहित्य उत्थान संघको सचिव हुँदै तेश्रो कार्यकाल उनले मुख्य सचिव भएर जिम्मेवारी निर्वाह गरि रहेका छन् । यस्तै २०६८ सालमा स्थापित दमकको फाल्गुनन्द वचत तथा ऋण सहकारी संस्थामा शुरुवातमा कर्जा संयोजक रहेका उनी हाल अध्यक्षको जिम्मेवारीमा छन् ।
    त्यसैगरि २०६३ सालदेखि उनी दमकको सप्तरङ्गी एफएमको सञ्चालक सदस्य हुँदै सञ्चार क्षेत्रमा समेत आवद्ध छन् । दमक १ कै पुष्प धिरेन्द्र मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष लगायतका आधा दर्जन बढी विभिन्न संघसंस्थाहरुमा क्रियाशील उनी सवै क्षेत्रमा आफूले समय व्यवस्थापन गरि काम गरिआएको दावी गर्छन् ।
    प्रस्तुत छ, लिङ्गदेनसँग गरिएको कुराकानी :

     

    अचेल के मा व्यस्त हुनुहुन्छ ?
    खास व्यस्त भनेको त सामाजिक काममानै हो । किरात धर्म तथा साहित्य उत्थान संघमा धेरै समय दिई रहेको छु । यसैगरि सहकारी संस्थाको अध्यक्ष भए पछि त्यता पनि जिम्मेवारी बहन गरिरहेको छु । सप्तरङ्गी एफएममा सञ्चालक भएकाले आवश्यक परेको समयमा त्यता पनि पुग्नु पर्छ । र, गत वर्ष देखि साथीहरुसँग मिलेर फुङ्जईत ढाका उद्योग दमक १ मा सञ्चालनमा ल्याएका छौं । यिनै क्षेत्रमा समय बिति रहेको छ ।
    यति धेरै क्षेत्रमा जिम्मेवारी पूरा गर्न कसरी भ्याउनु हुन्छ ?
    भ्याउने भन्ने कुरा त समय व्यवस्थापनमा भर पर्छ । कामहरुको प्राथमिकता निर्धारण गरेर त्यसै अनुसार समय दिए सवै कुरा मिल्दै जाँदो रहेछ । धेरै समय त अहिले किरात धर्म तथा साहित्य उत्थान संघमा दिई रहेको छु । प्रायः२ बजे सम्म म त्यहि हुन्छु । अहिले आफ्नै भवन निर्माण भईरहेकाले पनि बढि समय दिनु पर्छ । सहकारीमा काम परेको बेला आउनै प¥यो । नत्र प्रत्येक आईतबार चाँहि पूरा दिन सहकारीमा बिताउँछु र साता भरिको समिक्षा गर्दै नयाँ योजनाका बारेमा छलफल हुन्छ । सभा, सम्मेलन, तालिम, गोष्ठिहरु भईरहन्छन् । सकेसम्म पुग्ने गरेको छु । समय मिलाउन सकियो भने समस्या हुँदैन भन्ने लाग्छ ।
    सहकारी कसरी स्थापना गर्नुभयो ?
    हाम्रो समुदायलाई सहकारीमा आर्कषित गराएर आर्थिक रुपले शसक्तीकरण गराउन किरात धर्मका श्रद्धेय धर्मगुरु लिङ्देन आत्मनन्द ‘सेईङ्’को आर्शिवादबाट प्रेरित भएर यस सहकारी स्थापना गरेका हौ । २०६७ सालमा यससम्बन्धी छलफल गरिएपनि २०६८ सालमा भने विधिवत दर्ता गरि सहकारीलाई सञ्चालनमा ल्याएका हौं । हुन पनि त्यसवेला हाम्रा अधिक समुदायहरु सहकारी क्षेत्रमा खासै पहुँचमा थिएनन् । हाम्रा समुदायहरु पनि संगठित भएर सहकारी खोल्नुपर्छ भन्ने जुन सोच भएका कारण आज यहाँसम्म आउन सफल भएका छौं ।
    सहकारी क्षेत्रको कुरा गरौं, फाल्गुनन्द सहकारी संस्था एउटा निश्चित समुदायमा केन्द्रित हो कि सवै समुदाय सम्म पुगेर काम गरि रहेको छ ?
    झट्ट नाम सुन्दा किराती समुदायमा केन्द्रित हो कि जस्तो देखिन्छ । तर त्यसै चाँहि होईन । हामी सवै जातिका सदस्यहरु अटाएका छौं । के चाँहि हो भने हाम्रो समुदायका व्यक्तिहरु सहकारी तथ बित्तिय क्षेत्रमा त्यति क्रियाशिल नभएको अवस्थामा, पहुँच नभएको बेला हामीले यो संस्था स्थापना गरेका हौं । शुरुमा २६ जना थियौं । अहिले ७ सय ७५ भन्दा बढि शेयर सदस्य पुगेका छौं । सवै समुदायका व्यक्तिहरु छौं । यो वचत तथा ऋण सहकारी संस्था भएकाले हाम्रो मुख्य कारोवार वचत तथा ऋणनै हो । तर अब हामी शेयर सदस्य तथा आवश्यकता अनुसार अन्य संस्थासँग समेत सहकार्य गरि थप सामाजिक र आर्थिक क्षेत्रमा काम गर्ने तयारीमा छौं ।
    यस वर्ष पनि हामीले युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत १७ जना सदस्यलाई १ लाख देखि २ लाख रुपैयाँ सम्म सहुलियत ऋण उपलव्ध गराएका छौं । यसले पक्कै पनि उहाँहरुलाई स्वरोज बनाउन सहयोग पुग्छ होला । आगामी दिनमा सामुहिक लगानी तथा लघुवित्त कार्यक्रम पनि ल्याउँदैछौं । यसले अन्य सदस्यहरुले पनि यो अवसर पाउनु हुने छ । यस्तै अन्य उत्पादनमूलक तथा आयमूलक क्षेत्रमा काम गर्ने हाम्रो लक्ष्य हो । हामी अहिले प्रधान कार्यालय दमक–६ लिङ्देन मार्ग र विर्तामोड सेवा केन्द्रबाट सेवा प्रवाह गरि रहेका छौं । आगामी दिनमा पनि थप सेवा केन्द्र विस्तारको लक्ष्य छ ।
    कतिपय सहकारी संस्थाहरुले कारोवार गरिन्जेलको मात्र सदस्य बनाउने, निर्वाचनमा चुन्ने र चुनिने अवसर पनि प्रदान नगर्ने र संख्या मात्रै धेरै देखाउने गरेका छन् भनेर आलोचना पनि हुन्छ नि ?
    खोई अरुले के गर्छन् म के जान्नु र है । तर हाम्रो त्यस्तो होईन । यहाँ सदस्य भई सकेपछि सवै समान । के नयाँ, के पुरानो, के थोरै वचत गर्ने, के धेरै वचत गर्ने सवैको समान हैसियत हुन्छ । हामी नितान्त सदस्य केन्द्रित कारोवार गर्छौं । हामी सहकारी सिद्धान्त र मूल्य मान्यता भन्दा एक ईन्च पनि तलमाथि छैनौं ।
    किरात धर्म तथा साहित्य उत्थान संघको बारेमा कुरा गरौं, यो चाँहि कस्तो प्रकारको संस्था हो ?
    यो एउटा ऐतिहासिक संस्था हो । सायद पूर्वी क्षेत्रको पुराना मध्येको संस्थामा पर्छ । २०३६ साल माघ ७ गते समग्र समुदायको हित, प्रगतीको कामना गर्दै, सत्यता र अहिंसा प्रति सवैलाई प्रेरित गर्न यो संस्था स्थापना भएको हो । २०५१ साल सम्म श्रद्धेय धर्मगुरु लिङ्देन आत्मनन्द ‘सेईङ्’नै यसको नेतृत्व लिनु भयो । हाल उहाँ यसको संरक्षक हुनुहुन्छ । यो संस्थाले केवल किरातीहरुलाई मात्रै होईन सिंगो समाजलाईनै अहिंशा, कुरिती, कुसंस्कार, विसङ्गती छोड्न र परोपकार, सत्यता तर्फ लाग्न प्रेरित गर्दै आएको छ ।
    संस्थाले दमकमा आफ्नै भवन समेत बनाउँदैछ, श्रोत चाँहि के हो ?
    हो, २०७३ चैत देखि दमक–१ मा ५ तलाको लक्ष्य सहित भवन शुरु गरेका हौं । ३ तला बन्यो । अब एक तला थपेर माथि ट्रस लगाउने योजना छ । यसको मुख्य श्रोत भनेको केन्द्रिय सदस्यहरुको दायित्व, श्रद्धालु भक्तजन, आजीवन सदस्य, चन्दादाता, दानदाता, अलिक धेरै श्रोत साधन हुने र दान गर्न मनपराउने सहयोगीहरुबाट प्राप्त सहयोगनै हो । ८० लाख जति सहयोग हामीले प्राप्त गरेका छौं । अझै निर्माणको क्रम जारी छ । केहि काम त ऋण गरेर पनि गरेका छौं । तर समग्रमा यो संघको भवन यो नितान्त स्वेच्छिक सहयोगबाट निर्माण भईरहेको छ । दुई तलासम्म भाडा लागिसकेको छ,तेश्रो तलामा संघको कार्यालय र गुरु आश्रम बनाउने लक्ष्य राखेका छौ । ती सवै सकेर संभवत आउदो मंसीरसम्म संघलाई नयाँ भवनमा सार्ने छौं ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology