दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

प्रहरीले उपलब्ध गराएको विवरण अनुसार भद्रपुर १३, अर्जुनधारा ८, बिर्तामोड १३, कचनकवल ६, हल्दिवारी ७, कनकाई ६, शिवसताक्षी,कमल,गौरादह, झापा ५ र ५, दमक १७, र बाह्रदशीमा ३ जनाले आत्महत्या गरेका छन् ।

हाम्रो दमक

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको १५ वटा स्थानीय तह मध्ये सबैभन्दा धेरै आत्महत्याका घटना दमक नगरपालिकामा ,दोस्रोमा बिर्तामोड नगरपालिका र तेस्रोमा भद्रपुर नगरपालिका रहेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।


प्रहरीले उपलब्ध गराएको विवरण अनुसार भद्रपुर १३, अर्जुनधारा ८, बिर्तामोड १३, कचनकवल ६, हल्दिवारी ७, कनकाई ६, शिवसताक्षी,कमल,गौरादह, झापा ५ र ५, दमक १७, र बाह्रदशीमा ३ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चार महिनामा आत्महत्या गर्ने १ सय ८ जनामध्ये ६२ जना पुरुष र ४६ जना महिला रहेका छन् । ती मध्ये ९१ जनाले झुण्डिएर र १७ जनाले विष सेवन गरेर आत्महत्या गरेको तथ्याङकमा उल्लेख छ । फागुन, चैत, बैशाख र जेठ महिनामा सबैभन्दा बढि आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीको तथ्यांकमा फागुनमा २७, चैतमा २७, बैशाखमा २३ र जेठमा ३१ जनाले आत्महत्या गरेका छन् । विवरण अनुसार औषतमा दैनिक एक जनाले आत्महत्या गरिरहेका छन् ।
प्रहरीको प्रतिवेदनमा आत्महत्याको घटना अधिकतम घरभित्र छन् भने केहि रुखमा तथा केहि होटलमा समेत झुण्डिएर आत्महत्या गरेको जनाईएको छ ।
त्यस अवधिमा भएको घटनामा ११ वर्ष देखि ७८ वर्षसम्मका व्यक्तिले आत्महत्या गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जिल्लाको आत्महत्या सम्बन्धि चार महिनाको घटना तथ्याङक चुनौतीका रुपमा देखिएकाले त्यसलाई नियन्त्रण गर्न सचेतना जरुरी रहेको बताए । ‘दैनिक १ जनाले आत्महत्या गरिरहेको अवस्था छ’ उनले आत्महत्याको कहालीलाग्दो यस्तो अवस्था नियन्त्रण गर्न समाजका हरेक समुदायहरुमा सचेतना अभियान सञ्चालन गर्न ढिलो गर्न नहुने बताए ।

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

दमकमा ट्राफिक ब्यवस्थापन अन्तरक्रिया

दमक | दमक नगरपालीकामा ट्राफिक ब्यवस्थापन सम्बन्धी सरोकारवलाहरु संग अन्तरक्रिया गरिएको छ । झापाको माई पश्चिम क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र समेत रहेको दमक पछिल्लो समयमा धेरै ब्यस्त रहेको छ । यस नगर क्षेत्रमा सवारी साधनको...

दमकमा एचके फूड एण्ड वार सञ्चालन

दमक,३० असार । दमकमा एचके फूड एण्ड वार सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको दमक चौंकमा करिव आधा करोडको लगानीमा उक्त फूड एण्ड वार सञ्चालनमा आएको हो । वार युवा व्यवसायी कुमार गौतमले सञ्चालनमा...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

‘वर्षाको मात्रा घट्दै, तर ढुक्क हुने अवस्था छैन’

झापा, २९ असार । आज (आइतबार ) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको...

बर्षा विपत : मृतकको संख्या २६ पुग्यो

झापा,२८ असार । लगातार वर्षापछि आएको बाढी तथा पहिरोमा परेर आज शनिवार विहान सम्म मृत्यु हुनेको संख्या २६ पुगेको छ । १५ जना हराइरहेका छन् । प्रहरी प्रधान कार्यालयको शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार...

दमक नगरको वजेट एक अर्व ४५ करोड बढी

दमक, २७ असार । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगरपालिकाको आज भएको...