‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

हाम्रो दमक

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने सक्ने औल्याए ।

आज दमकमा यूथ नेटवर्कले स्थानीय गोरखा डिपार्टमेन्टलको सभाहलमा आयोजना गरेको सातौ श्रृङखला अन्तर्गतको ‘बैसि दुढुव’ अन्तरकृया कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक समेत रहेका गिरीले देशले सधै परिवर्तन चाहेको छ ,त्यो प्राप्तिका लागि नौलो परिवर्तनको जरुरी भएको तर्क राखे । नौलो परिवर्तन विना देशले विकास र समृद्धि हासिल गर्न नसक्ने उनको जोड थियो ।
राजनीतिमा बिचारको संकट शीर्षकमा प्रमुख वक्ताका रुपमा करिव एक घण्टा लामो भनाई राख्दै गिरीले देशमा राजनीति विचार स्वस्थ्य नहुदाँ विचार होइन आदत हावी हुदै गएकाले त्यसले देशलाई मार्गप्रर्शस्त दिन नसक्ने दावी गरे । उनले भने , –‘देशको सक्षम नेतृत्व गर्न स्वस्थ्य राजनीतिको खडेरी छ ’
उनले कांग्रेस ,नेकपा जस्ता ठुला दलहरुमा विचार स्पष्ट नभएका कारण ती दलहरुको यथास्थिति नेतृत्वबाट देशलाई सहि ढंगले डोरयाँउन गाहे हुने चर्चा गरे । समय र परिस्थितिलाई दलहरुले चिन्न नसक्दा देश अहिले पनि संक्रमणकै अवस्थामा गु्रजनु परेको उनको आरोप थियो ।
अन्तरकृया यनले सहभागिहरुले उठाएका जिज्ञासाहरुको जवाफ समेत दिएका थिए ।
अन्तरकृया पूर्व यूथ नेटवर्कका अध्यक्ष सन्तोष दुलाल,  सल्लाहकार गोविन्दराज कटटेल, नेकपाका नेता गगन पुरी, कांग्रेसका नेता शेरवहादुर भट्टराई लगायतले अन्तरकृयाका बारेमा चर्चा गरेका थिए ।
दमक नगरीलाई बैचारिक र आलोचनात्मक शहरको रूपमा चिनाउन राजनीतिक तथा सामाजिक विषयमा नेवर्टकले उक्त कार्यक्रम मार्फत बहस चलाउदै आएको महासचिव विनोद तिम्सीनाले जानकारी दिए । यसभन्दा अघि विश्लेषक खगेन्द्र संग्रौला र चन्द्र शेखर झा,शुशिला कार्की, विश्व प्रकाश शर्मा, आहुति जस्ता चर्चित नेता तथा बिद्धानहरूले कार्यक्रमा सहभागिता जनाइसकेका छन् ।
अन्तरकृयामा नगरका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,सामाजिक क्षेत्रका प्रतिनिधि,युवा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

आइत, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...