प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

कुल विनियोजन मध्ये चालुतर्फ १८ अर्व ५४करोड ६४ लाख ७६ अर्थात ४३.९३ प्रतिशत र पूंजीगततर्फ २३ अर्व ३९ करोड ३९ लाख ३४ हजार  अर्थात ५५.९ प्रतिशत रकम छुट्याएको छ ।वित्तिय व्यवस्थापन ८ करोड र अन्तरसरकारी हस्ताण्तरण अन्तर्गत ९९ करोड ९९ लाख विनियोजन गरिएको छ । सडक तथा पुल पूर्वाधारका लागि ८ अर्व विनियोजन गरिएको छ ।


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, असार १, २०७६


  • विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले आज संसदमा प्रस्तुत गरेको उक्त बजेटको ४३ प्रतिशत चालुु खर्चका लागि विनियोजन गरिएको हो ।

    कुल विनियोजन मध्ये चालुतर्फ १८ अर्व ५४करोड ६४ लाख ७६ अर्थात ४३.९३ प्रतिशत र पूंजीगततर्फ २३ अर्व ३९ करोड ३९ लाख ३४ हजार  अर्थात ५५.९ प्रतिशत रकम छुट्याएको छ ।
    वित्तिय व्यवस्थापन ८ करोड र अन्तरसरकारी हस्ताण्तरण अन्तर्गत ९९ करोड ९९ लाख विनियोजन गरिएको छ । सडक तथा पुल पूर्वाधारका लागि ८ अर्व विनियोजन गरिएको छ ।
    बजेटमा कृषिलाई उच्च प्राथमिकतमा राखिएको छ । जसका लागि कृषि, पशुुपंक्षी एवम सहकारीका लागि ४ अर्व बजेट विनियोजन गरिएको छ । पर्यटन क्षेत्र विकाका लागि १अर्व ६६ करोड, बन तथा वातावरणका लागि १ अर्व २० करोड, सिँचाइ एवम नदीका लागि ३ अर्व २० करोड र शिक्षा एवंम स्वास्थ्यका लागि क्रमश १ अर्व २८ करोड र १ अर्व ७ करोड रकम विनियोजन गरेको छ ।
    त्यस्तै विभिन्न लोकप्रिय कार्यक्रम अन्तर्गत ९० वर्ष कटेका बृद्ध व्यत्तिका लागि महिनाको ५ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने छ । त्यस्तै प्रदेश सरकार अन्तर्गतका कार्यालयमा काम गरेर १ वर्ष पुरा गरेका कर्मचारीलाई भ्रमण खर्च वापत २५ हजार र भ्रमण बिदा ६दिन दिने व्यवस्था गरिने छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology