‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ । कतिपय व्यवसायीहरुले आन्तरिक रुपमा तयारी शुरु गरिसकेका छन् ।


    एक्लै लड्ने दाँउमा रहेको नेकपाको पकडमा रहेको संघमा नेतृत्वका लागि आंकाक्षीहरु धेरै देखिएका छन् भने नेपाली काग्रेसले अन्य दलका व्यवसायीहरु मिलेर निर्वाचनमा जाने तयारी गरेका छन् । आफनो वर्चश्व ठान्दैआएको नेकपाको व्यवसायिक संगठन राष्ट्रिय वाणिज्य संघ र कांग्रेस निकट लोकतान्त्रिक व्यवसायी संघका नेतृत्वहरु आन्तरिक छलफलमा जुटेका छन् ।

    कांग्रेसले संघीय समाजवfदी,राप्रपा,लिम्बुवानसहितका दलहरुसंग संयुक्त प्यानल वनाएर चुनावमा जाने तयारीमा छन् ।स्रोतका अनुसार नेकपाबाट संघको अध्यक्षमा हालका अध्यक्ष राजेन्द्र ढकाल आफै उठ्ने र पार्टी भित्र एकप्रकारको लविङमा छन् । यसवाहेक हालका बरिष्ठ उपाध्यक्ष विमल खतिवडा र प्रथम उपाध्यक्ष गोपाल गुरागाई अध्यक्षमा मुख्य दावेदार गरिआएका छन् ।
    यता कांग्रेसमा भने संघका पूर्व प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठ र पूर्व अध्यक्ष प्रकाश प्रसाईको नाम चर्चामा छ । सामाजिक रुपमा क्रियाशील श्रेष्ठ अघिल्लो संघको निर्वाचनमा पराजित भएका थिए । यता पार्टीका नगर सचिव समेत रहेका प्रसाई संघका दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । युवा तथा व्यवसायीहरु माँझ लोकप्रिय रहेका प्रसाई उम्मेदवारका लागि आन्तरिक तयारीमा सक्रिय भएका छन् ।
          

                       निर्वाचनमा २६९१ मतदाता

    संघको आसन्न निर्वाचनमा २६९१ जना मतदाता रहने भएका छन् । भदौं तेश्रो साता तिर हुने संघको निर्वाचनका लागि जेठ मसान्तसम्ममा नविकरण भएका २६९१ फर्मका सञ्चालकहरु मात्र मतदाता हुने भएका हुन् ।
    संघका अनुसार जेठ मसान्तसम्म नविकरण गर्ने समयावधिमा त्यतिका फर्महरु नियमानुसार नविकरण भएका छन् । हिजो शनिवार अन्तिम एकैदिन एक हजारका हाराहारी फर्महरु नविकरण भएको कार्यालयले जनाएको छ । संघका सदस्य,कर्मचारीहरु लागेर राती सम्म फर्म नविकरण गरिदाँ आज आइतबार भने कार्यालय विदाँ दिईएको थियो ।
    नविकरण भएका फर्मले मात्र मतदानमा सहभागि हुने व्यवस्था छ । संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाईका अनुसार आगामी भदौ ६ गते संघको बार्षिक चुनावी साधारण सभाहुदै छ । त्यही साधारणसभाले निर्वाचनको मिति , निर्वाचन समिति घोषणा गर्ने जनाईएको छ । तर , भदौ २० गते भित्रमा नै निर्वाचन गराउनु पर्ने व्यवस्था भएकाले पनि त्यही सेरोफेरोमा निर्वाचनको मिति तय हुने जनाईएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology