करदाताका लागि राजस्व कार्यालयमै वैक

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का प्रमुख लेखराज कार्कीले वताए । बैकको सेवा नीति अनुसार दमकको राजस्व कार्यालयमा काउण्टर राखेर सेवा दिन शुरु गरिएको उनले जनाए ।


    काउण्टरको आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख रामप्रसाद पाठकले उद्घाटन गरे । काउण्टर उद्घाटन गर्दे राजस्व कार्यालयका प्रमुख पाठकले करदाताहरुलाई लक्षित गरेर स्थापना भएको काउण्टरको सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यालयकै हातामा बैकको सेवा सुरु भएपछि यस क्षेत्रका करदाताहरुलाई सुविधा पुग्ने प्रमुख पाठकले जोड दिए ।
    कार्यालयमा बैंक नहुदाँ करदाताहरु एक किलोमिटर टाढा राष्ट्रिय वाणिज्य बैंक पुगेर राजस्व बुझाउन बाँध्य हुदैआएका थिए ।
    काउण्टर शुभारम्भ कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल,बैकका प्रदेश उपप्रमुख आकाश दाहाल लगायतले आन्तरिक राजस्व कार्यालयकै हातामा बैकले काउण्टर राखेर सेवा शुरु गरेपछि यस क्षेत्रका करदाताहरुलाई सुविधा पुग्ने जोड दिएका थिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology