आदिवासी रंगशाला पूर्ववत निर्णयमा फर्किएको घोषणा

राज्य पक्षसंग समितिले आदिवासी स्मृति पार्कको लागि १५ विगाह जग्गाको भोगाधिकार सहित अत्याधुनिक सुविधासम्पन्न संग्रहालय सहितको पार्क निर्माण गरिनु पर्ने र सो पूर्व उत्तर क्षेत्रमा पर्ने करिब १५० हेक्टर जग्गा धार्मिक वनको रुपमा भोगाधिकार सहित हस्तान्तरण भएमा नामको विषयमा छलफल गर्न सकिने निर्णय भएको प्रतिष्ठानका महासचिव दिपेनवाला राईले वताए ।

हाम्रो दमक

दमक,३२ जेठ । झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प त्तत्काल वन्द भएको जनाएको छ । प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दे विगत केही महिना देखि रंगशाला समिति र राज्यपक्षका प्रतिनिधिहरुबीच रंगशालाको नामको विकल्पको विषयमा छलफल भइरहेको र त्यस छलफलको भाव अनुसार राज्य गंभीर नभएकाले विकल्प नखोज्ने निर्णयमा पुगेको जनाएका हुन् ।

बैठकका निर्णय सार्वजनिक गर्दे अध्यक्ष राई

शनिवार दमकमा पत्रकार सम्मेलन गरि प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले राज्य पक्ष सहमति अनुुसार थप प्रकृया बढाउन तयार नभएकाले रंगशालाको विकल्पको सवै पक्ष त्तत्काल वन्द गर्ने निर्णय भएको बताए । उनले विकल्पतर्फ पहिलो सर्त बमोजिम भोगाधिकार दिलाउने तर्फ राज्यले यतिका समयमा पनि काम गर्ने मनस्थिति नगरेपछि बाँध्य भएर त्यस प्रकृया स्थगित गर्नुपरेको जानकारी दिए । उनले भने –‘ सर्त अनुसार राज्य जिम्मेवार नभएपछि प्रतिष्ठान समितिले रंगशालाको विकल्प खोज्ने निर्णयबाट पछि हट्न बाँध्य हुनुपरेको छ । ’
रंगशाला समिति विकास विरोधी नभएको जिकीर गर्दे उनले उचित समय आए राज्य पक्षसंग थप वार्ता,छलफल गर्न भने तयार रहेको जानकारी दिए । राज्यले भोगाधिकारको सर्तलाई चासो नदिदाँ समिति शसंकीत भएको अध्यक्ष राईले गुनासो राखे ।
राज्य पक्षसंग समितिले आदिवासी स्मृति पार्कको लागि १५ विगाह जग्गाको भोगाधिकार सहित अत्याधुनिक सुविधासम्पन्न संग्रहालय सहितको पार्क निर्माण गरिनु पर्ने र सो पूर्व उत्तर क्षेत्रमा पर्ने करिब १५० हेक्टर जग्गा धार्मिक वनको रुपमा भोगाधिकार सहित हस्तान्तरण भएमा नामको विषयमा छलफल गर्न सकिने निर्णय भएको प्रतिष्ठानका महासचिव दिपेनवाला राईले वताए । तर राज्य पक्षसंग भएको प्रारिम्भक सहमतिको तीन महिना बढी समय अवधिमा राज्य पक्षबाट भोगाधिकारको बारेमा सामान्य प्रक्रिया समेत अघि नबढाइएकाले निर्णय फिर्ता लिन वाँध्य हुनुपरेको महासचिव राईले वताए ।
प्रतिष्ठानले आदिवासी रंगशालाको नामका विकल्पको बहसलाई अन्त्य गर्दै आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको नाममा नै बजेट बिनियोजन गरि रोकिएको विकासका कामलाई अगाडि बढाई दिन समेत संघीय सरकार, प्रदेश सरकार साथै स्थानीय सरकारलाईलाई अनुरोध गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

दमकमा ट्राफिक ब्यवस्थापन अन्तरक्रिया

दमक | दमक नगरपालीकामा ट्राफिक ब्यवस्थापन सम्बन्धी सरोकारवलाहरु संग अन्तरक्रिया गरिएको छ । झापाको माई पश्चिम क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र समेत रहेको दमक पछिल्लो समयमा धेरै ब्यस्त रहेको छ । यस नगर क्षेत्रमा सवारी साधनको...

दमकमा एचके फूड एण्ड वार सञ्चालन

दमक,३० असार । दमकमा एचके फूड एण्ड वार सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको दमक चौंकमा करिव आधा करोडको लगानीमा उक्त फूड एण्ड वार सञ्चालनमा आएको हो । वार युवा व्यवसायी कुमार गौतमले सञ्चालनमा...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

‘वर्षाको मात्रा घट्दै, तर ढुक्क हुने अवस्था छैन’

झापा, २९ असार । आज (आइतबार ) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको...

बर्षा विपत : मृतकको संख्या २६ पुग्यो

झापा,२८ असार । लगातार वर्षापछि आएको बाढी तथा पहिरोमा परेर आज शनिवार विहान सम्म मृत्यु हुनेको संख्या २६ पुगेको छ । १५ जना हराइरहेका छन् । प्रहरी प्रधान कार्यालयको शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार...

दमक नगरको वजेट एक अर्व ४५ करोड बढी

दमक, २७ असार । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगरपालिकाको आज भएको...