दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ३२, २०७६



  • दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ ।
    बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई सोझो सेटमा हराएर उपाधि हात पारेको हो । कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका कार्यवाहक नगर प्रमुख बोधराज न्यौपानेले बिजेता टिमका खेलाडीहरुलाई नगद १५ हजार रुपैयाँ , शिल्ड र प्रमाण पत्र प्रदान गरे । यसै गरी उपविजेता डिल्ली श्रेष्ठको टिमले नगद १० हजार रुपैयाँमा चित्त बुझाएको छ ।


    यसैगरी भेट्रान तर्फ बिजय राई र अशोक पाठकको टिमले बिष्णु अधिकारी र मुकुन्द्र उप्रेतीको समूहलाई सोझो सेटमा हराएर पहिलो स्थान प्राप्त गरेको छ । दमक नगर ब्याडमिन्टन समितिले आयोजना गरेको प्रतियोगिताको सुपर भेट्रान तर्फ केन्द्र प्रसाईको टोलीले मोहन कार्कीको टिमलाई सोझो सेटमा पराजित गरेको दमक ७ का वडा सदस्य श्याम कार्कीले बताए ।
    प्रतियोगिताको खेल संयोजक घनश्याम खनालको अध्यक्षतामा भएको कार्यक्रममा १५ वर्ष मुनिको प्रतियोगितामा प्रथम अदित लिम्वू ,दोस्रो कुशल बस्नेत ,तेस्रोमा करन मल्लिक र अजित लिम्वू पुरस्कृत भएको दमक नगर खेलकुद बिकास समितिको कोषाध्यक्ष इन्दु न्यौपानेले जानकारी दिए ।
    खेलकुद समापनमा खेलकुद बिकास समिति अध्यक्ष केन्द्र प्रसाई लगायतले स्वास्थ्यका लागि खेल खेल्न जरुरी भएको औल्याएका थिए । प्रतियोगितामा खुल्ला तर्फ २१ टिम , भेट्रानमा १२ र १५ वर्ष मुनि ५ टिम सहभागी रहेको दमक नगर ब्याडमिन्टन समिति पूर्णध्वज आङदेम्वेले जानकारी दिए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology