इजरायलमा भब्य तीज महोत्सव २०७६ आयोजना हुदै, चर्चित नेपाली ५ कलाकार जाने

हाम्रो दमक

इजरायल | नेपाली नारीहरुको महानपर्व हरितालिका तिज २०७६ को अवसरमा इजरायलमा तीज महोत्सव २०७६ कार्यक्रमको आयोजना हुने भएको छ ।

झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामा बृहत तीज कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

रवि लामिछाने फाउन्डेसनले कर्णालीमा बनाउदै गरेको रासकोट अस्पताल सहयोगार्थ आयोजना गर्न लागेको यस कार्यक्रममा नेपाली राष्ट्रिय ५ चर्चित कलाकार इजरायल जाने भएका छन् जसमा पछिलो समय निकै चर्चा कमाएकी गलबन्दीकि लोक गायिका शान्तिश्री परियार, चर्चित भर्सटायल गायक प्रमोद खरेल, हिमाल सागर र चेतन सापकोटा साथमा पछिल्लो युवा जमातले निकै मनपराएकी गायिका टिका प्रसाई रहेका छन् ।

आउदो अगष्ट ३०, शुक्रबार २०१९ इजरायल स्थित तेलअविभ युनिभर्सिटी हलमा आयोजना तयारी थालिएको कार्यक्रम संयोजक दिपक प्रसाद ओलीले जानकारी दिए । उनका अनुशार यस पटकको कार्यक्रमलाई अत्यन्त मनोरन्जनात्मक बनाउन आयोजक हरदम लागी परेको र लाग्ने बताएका छन् ।

शुक्र, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ

तेलअविव | नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको तेल अविभमा सम्पन्न भएको छ । निबर्तमान अध्यक्ष...

नमस्ते नेपाल इजरायलको साधारण सभा सम्पन्न, अध्यक्षमा भिमा थापा

इजरायल । मनोंरन्जन, परोपकार, लगानि क्षेत्रको पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ स्थापना भएको सामाजिक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिति इजरायलको पाचौ अधिबेसन तथा साधारण सभा...

नेफिन इजरायलको अध्यक्षमा काउचा

तेलअविव | नेपाल आदिवासी जनजाति महासंघ इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा गत शुक्रबार १४ जुन २०१९ मा सम्पन्न भएको छ । नेफिन इजरायलको अध्यक्ष नरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेफिन इजरायलको...

असोजमा अन्तराष्ट्रिय झापाली समाजको महाधिबेशन

दमक,३१ जेठ । अन्तराष्ट्रिय झापाली समाजको दोश्रो महाधिबेशन आगामी असोज २४ र २५ गते झापामा हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने समाजको महाधिबेशन जिल्लामा गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष छत्र सुब्बाले वताए...

कतारमा हुने विश्वकप २०२२ स्टेडियम बनाउने क्रममा हाल सम्म करिब १४ सय नेपालीको मृत्यु भएको डरलाग्दो खुलासा [भिडियो]

काठमाडौं । आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि स्टेडियम बनाउने क्रममा ठुलो संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । जर्मनीको एक टेलिभिजनका अनुसार हालसम्म करिब १४ सय...

फोरम र नयाँ शक्ति एकताको खुशीमा इजरायलमा कार्यक्रम

इजरायल | सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका प्रवास भातृसंगठन बिच भेटघाट हुदै । सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बिच पार्टी एकता भएको खुसियालीमा दुई प्रवास भातृसंगठन नेपाली...

दुबईमा कोसेली ट्राभल एन्ड टुरिजमको उदघाट्न

बरदुबई- युएईको दुबईस्थित मुख्य सहर बरदुबईमा नेपाली युवाहरुको अग्रसरतामा स्थापित कोसेली ट्राभल एन्ड टुरिजमको उदघाटन यही मे १७ मा भएको छ । उक्त कार्यक्रमको उदघाटन वैदिक विधिबाट पुजाआजा र मंगलमन्त्रोचारणका साथमा स्थानीय अरबी नागरिक ७...

उभौली सिली मनाउन शम्भु राई र ब्रबिम लिम्बु इजरायल आउदै

इजरायल | उभौली सिली कार्यक्रम (यले दोङ) ५०७९ कार्यक्रम मनाउन राष्ट्रिय कलाकारहरु शम्भु राई र ब्रबिम लिम्बु इजरायल आउने भएका छन् । विश्वका किरात राईहरु एक हौ,आफ्नु भाषा, लिपि, कला संस्कृति, संरक्षण र सम्बर्धन गरौ...

इजरायलमा २५६३ औ बुद्ध जयन्ती कार्यक्रमको अन्तिम तयारी, Super Monk फ्लिम पनि देखाइने

इजरायल | शान्तीका अग्रदुत नेपालकाे राष्ट्रिय गाैरव तथा एसियाका ज्याेती भगवान गाैतम बुद्धकाे २५६३ औ जन्म जयन्ती इजरायलकाे तेलअभिवमा भव्य रूपमा मनाउने तैयारी अन्तिम चरणमा पुगेकाे छ । इजरायलमा कार्यरत नेपालीहरूकाे सक्रियतामा स्थापित बिभिन्न सामाजिक,...

बरदुबईमा खुल्यो नयाँ नेपाली ट्राभल- कोसेली ट्राभल एन्ड टुरिजम

दुबई | बरदुबई- वैदेशिक रोजगारीको क्रममा युएई आएका चार जना नेपाली मिलेर दुबईमा कोसेली ट्राभल खोल्ने भएका छन् । नेपालीहरुको भेटघाटको केन्द्र मानिने बरदुबईमा आगामी मे १७ शुक्रबारबाट कोसेली ट्राभल संचालनमा आउन लागेको हो...