गुठीको विरोधमा दमकमा लिम्बुवानको कोणसभा


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६


  • दमक,३१ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले सरकारले ल्याउन लागेको गुठी विधेयक, लोकसेवा आयोगले प्रकाशित गरेको असंवैधानिक विज्ञापनको विरोधमा कोणसभा गरेको छ ।दमकको गणतन्त्र चौंकमा भएको कोणसभामा बोल्दै वक्ताहरुले गुठी विधेयक तत्काल नसचाए देशमा आन्दोलनमा उत्रने चेतावनी दिए ।

    कोणसभामा बोल्दै मञ्चका उपमहासचिव दिलकुमार लावतीले लोकसेवा आयोगले देशैभरीको लागि विज्ञापन गरेको ९ हजार भन्दा धेरै कर्मचारी आव्हान गरेकोमा आदिवासी, मधेशी, दलित लगायतका समुदायले संविधानले प्रत्याभूत गरेकोभन्दा पनि न्यून संख्या दिएर अपमान गरेको हुँदा त्यसको विरुद्धमा आन्दोलन शुरुभएको वताएका छन् ।
    त्यसैगरी उनले आजभन्दा हजारौं बर्ष देखि आदिवासी जनजातिहरुले आदिवासी रंगशालाको नाम परिवर्तन गर्ने सरकारको कदम प्रति . निन्दा गर्दै तत्काल सरकारले नसच्चिएर जस्तोसुकै आन्दोलन गर्न तयार हुन सबै नेता कार्यकर्ता तथा शुभचिन्तकहरुलाई आव्हान गरे।
    कार्यक्रममा मञ्चका सचिव विष्णु भट्टराई, संघीय विद्यार्थी युनियन लिम्बुवान प्रान्तीय अध्यक्ष मोहन मावो लगायतले सम्बोधन गरेका थिए ।

                       विद्यार्थीको दुई दिने तालिम शुरु

    संघीय विद्यार्थी युनियन झापा जिल्ला समितिको आयोजनामा दमक नगर समितिको कार्यालयमा दुई दिने उद्घोषण तालिम तथा राजनैतिक प्रशिक्षण शुरु भएको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक मञ्चका उपमहासचिव दिलकुमार लावतीले मञ्चको सांगठानिक गतिविधि, आगामी कार्यदिशा र मञ्चको राजनैतिक दर्शन बारे विद्यार्थीहरुलाई प्रष्ट पाारेका थिए । त्यसैगरी युनियनका सल्लाहकार गगन लावती,विद्यार्थी युनियन प्रान्तीय अध्यक्ष मोहन मावोले तालिमले विद्यार्थीहरुलाई सक्षम हुन सहयोग पुरयाँउने जोड दिएका थिए ।
    प्रशिक्षण कार्यक्रमका विद्यार्थी युनियन झापा समितिका पदाधिकारी, विभिन्न क्याम्पस इकाईका करिब साठी भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको दोस्रो दिन विद्यार्थीहरुलाई उद्घोषण तालिम दिने जिल्ला अध्यक्ष सागर साम्बाले बताएका छन् । आजको  प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य धनप्रसाद साँवा, मञ्चका दमक नगर अध्यक्ष याम लिम्बुको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य नाब्या नेम्बाङ् र कार्यक्रम सञ्चालन विद्यार्थी महिला नेतृ गंगा बेघाले गरेकी थिइन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology