गर्मीले कुखुरा मर्न थाल्यो

एक सयको हाराहारीमा रहेका जिल्लाका व्यवसायिक फर्ममा पनि कुखुरा मरिरहेको खबर आएको अण्डा उत्पादक संघ झापाका उपाध्यक्ष देवेन्द्र प्रसाईले बताए ।

हाम्रो दमक

दमक,३१ जेठ । गर्मी बढे्संगै झापाका कुखुराहरु मर्न थालेका छन् । गर्मीका कारण व्यवसायिक पालन गरिएका ब्रोइलर तथा लेयर्स जातका कुखुराहरु मर्न थालेका हुन् । दमक–९ को पञ्चमुखी कृषि फार्मका सञ्चालक देवराज अधिकारीका अनुसार अत्याधिक गर्मी बढेसंगै कुखुरा मर्न थालेको हो । उनको फार्ममा मात्र दुई दिनमा मात्र करिब २०० वटा कुखुरा मरेको छ । गर्मी अझै बढेमा र लम्बिएमा कुखुरा जोगाउन नै मुश्किल रहेको पूर्वाञ्चल अण्डा उत्पादक संघका पूर्वसचिव समेत रहेका अधिकारीले बताए ।

चार हजार लेयर्स कुखुरा पालेका उनले अण्डाको उचित मूल्य नपाइरहेका बेला कुखुरा नै मर्न थालेपछि थप समस्या भएको गुनासो गरे । ‘गर्मीले कुखुराहरु भकाभक मर्न थालेका छन्’ उद्यमी अधिकारीले भने, –‘गर्मीका बेलामा कुखुरा जोगाउन खोरमा शीलता कायम गर्दा अव थप लागत बढ्ने अवस्था व्यहोर्नु पर्ने छ ।’
यस्तै, अण्डा उत्पादक संघ झापाका उपाध्यक्ष देवेन्द्र प्रसाईको फर्म पनि दुई दिनमा करिब डेढ सय कुखुरा मरेको वताँउछन् । दमक–१० मा रहेको उनको दमक एग्रिकल्चर फर्ममा कुखुरालाई छहारीमा राखेर स्याहार गर्नुपरेको उनले बताए । एक सयको हाराहारीमा रहेका जिल्लाका व्यवसायिक फर्ममा पनि कुखुरा मरिरहेको खबर आएको प्रसाईले बताए ।
एक साता यता तातो हावासंगै अत्याधिक गर्मी बढ्न थालेपछि जिल्लाका हाटबजारमा समेत सर्वसाधारणको चहल पहलमा कमी आएको छ ।

शुक्र, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

आदिवासी रंगशाला पूर्ववत निर्णयमा फर्किएको घोषणा

दमक,३२ जेठ । झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प त्तत्काल वन्द भएको जनाएको छ । प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दे विगत केही...

रक्तदाता दिवसमा प्रभातफेरि सहित रक्तदान

दमक,३१ जेठ । १६ औं विश्व रक्तदाता दिवसका अवसर पारेर झापाको दमकमा शुक्रवार विहान प्रभातफेरि सहित रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वमसेवी रक्तदाता समाज जिल्ला समिति झापाको आयोजना तथा घरवहाल उपभोक्ता हकहित संघ,...

माछा मार्दा युवाको ज्यान गयो

दमक,३० जेठ । करेन्ट लगाएर माछा मार्ने क्रममा आज झापाको दमकमा एक जना युवाको ज्यान गएको छ । दमक ९ का ३५ बर्षिय सुर्य धिमाल आज दिउँँसो स्थानीय वेतनी खोलामा करेन्ट लगाएर माछा मार्ने...