रक्तदाता दिवसमा प्रभातफेरि सहित रक्तदान

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३१, २०७६



  • दमक,३१ जेठ । १६ औं विश्व रक्तदाता दिवसका अवसर पारेर झापाको दमकमा शुक्रवार विहान प्रभातफेरि सहित रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वमसेवी रक्तदाता समाज जिल्ला समिति झापाको आयोजना तथा घरवहाल उपभोक्ता हकहित संघ, हिमावि दमक २०४० एसएलसी समूहको सहआयोजनामा रक्तदान सम्बन्धी सचेतनामूलक प्रभात फेरि गरिनुका साथै रक्तदान गरिएको समाजका अध्यक्ष सिताराम खतिवडाले वताए ।


    दमकको गणतन्त्र चौंकदेखि स्थानीय मिसाल वजार सम्म विभिन्न संघसंस्थाहरुको सहभागितामा प्रभातफेरि गरिएको थियो । प्रभातफेरि पछि स्थानीय मिशाल वजारमा भएको रक्तदानमा २० पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा ९ महिलासहित २० जनाले रगत दिएका सचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।
    रक्तदाताहरुलाई दमक वडा नम्बर ६ का वडाअध्यक्ष टेकबहादुर थापा लगायतले प्रमाणपत्र वितरण गरेका थिए । सोहि अवसरमा समाजले संस्थाको आजीवन सदस्यता लिने दुई दर्जन सदस्यहरुलाई समेत आजीवन सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, पताञ्जली योग समितिका अध्यक्ष लक्ष्मी काफ्ले लगायतले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology