जेसीज तालिम केन्द्रमा ३० लाख बढीका काम

हाम्रो दमक

दमक,३० जेठ । दमक जेसीजको एक वर्ष अघि निर्माणाधिन सामुदायिक तालिम केन्द्र भवनमा हालसम्म ३० लाख बढीको काम भएको छ । दमक ८ मा विभिन्न दाताहरुले उपलव्ध गराएको ४ कठ्ठा जमीनमा निर्माणाधिन सुविधासम्पन्न तालिम केन्द्र भवनमा जेसीजसंगै सरकारका निकाय गरि ३० लाख बढीको काम सम्पन्न भएका हुन् ।


तालिम केन्द्रका योजनाकार तथा वर्ष २०१८ का अध्यक्ष चन्द्र खत्रीका अनुसार दमकमा एकीकृत ढंगले विभिन्न किसिमका तालिम सञ्चालन तथा उत्पादन गर्ने स्थलका रुपमा विकास गर्न त्यस्तो तालिम केन्द्र निर्माण कार्य अघि बढ्ेको हो । दमक जेसीजका पूर्वअध्यक्ष भगवान बस्नेतको अध्यक्षतामा एक निर्माण समिति समेत गठन गरिएको छ ।
खत्रीले भवन वनाउन उपभोक्ता समितिका अध्यक्ष वस्नेतबाट इट्टा, जग्गादाता परिवारबाट ढुंगासहित वडा कार्यालयबाट २ लाख र प्रदेश सरकारबाट प्राप्त ४ लाख रुपैयाको लगानीमा प्रारिम्भक चरणका कामहरु गरिएको वताए । तालिम केन्द्रका लागि हाल घेरोवेरा सहित भवनका जग खन्ने लगायतका संरचनाहरु निर्माणाधिन अवस्थामा छन् ।
उनले तालिम केन्द्रलाई जेसीज मात्र नभएर सवैका लागि साँझा भवन वनाउन खाँचो देखिएकाले त्यसलाई सोहि ढंगले सम्पन्न गराउनु पर्ने औल्याउछन् । जेसीज अगुवाईको पाटो भएपनि त्यसको दिगो व्यवस्थापनमा भने समुदायको भूमिका महत्वपूर्ण हुने खत्रीले सुझाए । उनले भने,‘तालिम केन्द्रको भवन जुन अवधारणामा आएको छ, त्यसलाई पूरा गराउन स्थानीय सरकारले विशेष पहल गर्नुपर्छ । ’

बिहि, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...