गर्मीका कारण झापामा एकको मृत्यु

हाम्रो दमक

विर्तामोड ३० जेठ । झापामा अत्याधिक गर्मीका कारण मलामी गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेका छन् । अत्याधिक गर्मीका कारण यादवको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधवार विहान झुण्डिएर आत्महत्या गरेका भद्रपुर ६ बस्ने १८ वर्षीय रोहन यादवलाई मेची नदीमा दाहसंस्कारका लागि लगिएको थियो । सिताराम रोहनको मलामी गएका थिए । झापामा अत्याधिक गर्मी रहेको थियो । मलामी गएका यादवसहित भद्रपुर ६ वस्ने राजु यादव पनि अत्याधिक गर्मीका कारण मेची नदी किनारमै बेहोस भएका थिए । मलामीमै बेहोस भएका दुवै जनालाई तत्काल उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको थियो ।

वेहोस भएका सितारामको अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको र उनको उपचारको क्रममा त्यही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । यता गर्मीका कारण बेहोस भएका राजुको उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । केहि दिनदेखि झापामा अत्याधिक गर्मी बढे सङै मानिसको दैनिकिमा पनि प्रभाब पारेको छ ।

 

          छुटाछुट्टै स्थानमा दुई जना मृत

झापाको छुटाछुट्टै स्थानमा दुई जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अजुसार कमल गाँउपालिका २ समयगढ स्थितमा सोहि ठाँउमा काम गरिआएका अन्दाजी ४५ बर्षिय कोईन प्रसाद भट्टराई र गौरीगंज गाँउपालिका ६ का ६० बर्षिय सोनलाल सिंह आज मृत भेटिएका हुन् ।

मृतक भट्टराई सोहि ठाँउका दानबहादुर राईको सुँगुर खोर नजिक सोही एरियामा काम गर्दै खादै हिड्ने इलाम ९ गोलवस्तीका हुन् ।
सिंह भने वडा कार्यालय रहेको हयूमपाईप भित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहि, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...