कामना सेवा विकास बैंकको ८९ औं शाखा बुधबारेमा

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६



  • बुधबारे । कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहिवार आप्mनो ८९ औं शाखा विस्तार गरेको छ ।

    बैंकका संचालक बिश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई, झापा उद्योग बाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाईं, बुधबारे शाखा प्रमुख सुर्भन श्रेष्ठ लगायतको उपस्थितिमा शाखाको कारोबार शुभारम्भ गरिएको हो ।

    उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक सुवेदीले सहभागीलाई स्वागत गर्दै यसबैंक मार्फत कारोवार गर्न सबैलाई अनुरोध गरे । बैंकका सिइओ प्रविन बस्नेतले बैंकले प्रदान गर्ने सेवा र सेवाग्राहीलाई प्रदान गरिने सेवा सुविधाका बारे सहभागिलाई जानकारी गराए । प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राईले कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवर्द्धनलाई अझ तीव्रताका साथ अघि बढाउन पूर्वमा शाखा विस्तार गर्दे लगेको बताए । उनले कार्यक्रममा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए । त्यस्तै अतिथि झापा उद्योग बाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाईले बुधबारेमा थप अर्को बैंक आउनु खुसीको कुरा भएको बताए । उनले सबै वर्गलाई सुविधा पुग्नेगरी कारोवार गर्न बैंकलाई अनुरोध पनि गरे ।

    बैंकले जुनसुकै शाखामा रकम जम्मा गर्न र झिक्न सकिने, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।

    बिहिवारकै दिन झापाको पाडाजुँगीमा समेत शाखा खोलिएको जनाइएको छ । बंैकले झापाको अन्य ठाउँमा समेत चाँडै नै शाखा स्थापना गर्ने बैंकका सीईओ प्रविन बस्नेतले बताए । कार्यक्रमको सञ्चालन युवराज राईले गरेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology