रंगशालामा नेकपाको हस्तक्षेप स्वीकार्य छैन् : सांसद लिम्बु

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६



  • दमक ,३० जेठ । झापाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधित्व गर्ने समानुपातिक संघीय सांसद महेन्द्रकुमारी लिम्बुले कमल गाउँपालिका५ स्थित चिहानघारीदेखि सशस्त्र प्रहरीको तालिम केन्द्रको जग्गा भूमाफियाले हडप्न खोजेको घटना प्रति सदनमा कुरा उठाएकी छिन् ।

    विहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद लिम्बूले प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र समेत रहेको झापा क्षेत्र नं ५ मा आफ्ना पितापूर्खादेखि चल्दै आएको चिहानघारीमाथि मदन भण्डारीको नाममा नेकपाले हस्तक्षेप गरेको प्रति दुख व्यक्त गरिन् । उनले त्यस्ता गतिविधि रोक्न पनि सरकारसँग माग गरेकी छिन् ।
    उनले झापा क्षेत्र नं ५ मा माफियाको विगविगी रहेको भन्दै सशस्त्रको तालिम केन्द्रको जग्गा नेकपाकै मिलेमोतोमा केहि भूमाफियाले कब्जा गरेको आरोप पनि लगाएकी छिन् । उनले सत्तारुढ नेकपालाई हिम्मत छ भने मदन भण्डारीको नाममा सबै खाली जग्गा कब्जा गरेर देखाउन चुनौती दिदै रंगशालामा राजनीति नगर्न आग्रह समेत गरिन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology