दमकमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

दमकमा २ हजार १ सय ५० जना बेरोजगारहरु सुचिकृत भएपनि यस वर्ष भने नगरपालिकाले १ सय ७६ जनाले मात्र रोजगारीका अवसर पाएको नगरपालिकाले जनाएको छ ।

हाम्रो दमक

दमक,३० जेठ  । संघीय सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम झापाको दमकमा पनि शुरु भएको छ । आज बुधबार नगरपालिकामा औपचारिक एक कार्यक्रम गरि १ सय ७६ युवालाई रोजगारी प्रदान गरिएको जानकारी गराईएको हो ।

दमकमा २ हजार १ सय ५० जना बेरोजगारहरु सुचिकृत भएपनि यस वर्ष भने नगरपालिकाले १ सय ७६ जनाले मात्र रोजगारीका अवसर पाएको नगरपालिकाले जनाएको छ । नगरपालिका रोजगार संयोजक राजेन्द्र खनालका अनुसार वेरोजगार युवाहरुलाई उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा एक महिनाका लागि रोजगारी प्रदान गरिएको हो ।
प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरप्रमुख रोमनाथ ओलीले यस पटक बृक्षारोपण र सरसफाईका क्षेत्रमा रोजगारी प्रदान गरिएको र आगामी वर्ष अन्य क्षेत्रहरुमा रोजगारीको अवसर प्रदान गरिने बताए ।
शुभकामना मन्तव्यका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका सदस्य होमबहादुर थापाले स्वदेशमानै आत्मनिर्भरताको सिर्जना सरकारको लक्ष्य भएको भन्दै बेरोजगार युवाहरुलाई तत्कालका लागि अवसर प्रदान गर्न यो कार्यक्रम ल्याईएको बताए ।
बेरोजगार युवाहरुलाई बिभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जना गराउन सरकार प्रतिवद्ध रहेको भन्दै एकै पटक सवैलाई नपुगे पनि यो कार्यक्रमले आगामी दिनमा थप युवाहरुलाई पनि समेट्ने उनले विश्वास व्यक्त गरे ।

बिहि, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...