कञ्चनजंघा सहकारीको १९ औ स्थापना दिवस मनाईयो

हाम्रो दमक

दमक,२९ जेठ । दमक ८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आज बुधबार आफनो १९ औ स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । स्थापना दिवसमा बर्सेनी आयोजना गरिदै आएको रक्तदानसहित सामाजिक उत्तरदायित्व अन्तर्गतका सेवामुखी कार्यहरु यसवर्ष पनि निरन्तरता गरि भव्य रुपमा मनाईएको व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिए ।


संस्थाको आफनै कक्षमा भएको खुला रक्तदानमा १९ महिलासहित ११० जनाले रगतदान गरेका थिए । रेडक्रस दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा संस्थाका पूर्व अध्यक्ष होमबहादुर थापा,व्यवस्थापक निरौलासहित सञ्चालक,कर्मचारी ,शेयर सदस्यहरु,सर्वसाधारणहरुले रगतदान दिएका थिए ।
यसैगरि संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यसवर्ष दमकका विजुली पेन्टर मजदुरहरुका लागि १० वटा सेफ्टी हेलमेट हस्तान्तरण गरिएको थियो । निर्माण मजदुरहरुको सामाजिक सुरक्षामा सहयोग पुरयाँउन उक्त हेलमेट वितरण गरिएको अध्यक्ष मणिकुमार भण्डारीले जानकारी दिए ।
सोहि अवसरमा संस्थाले दमकस्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान केन्द्रीय समितिको अक्षय कोषमा यस वर्ष ५० हजार रुपैया प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडालाई हस्तान्तरण गरिएको थियो । १० वर्ष सम्म बर्सेनी ५० हजार प्रदान गरि रु ५ लाखको अक्षय कोष जम्मा गर्ने लक्ष्य लिए अनुरुप संस्थाले सो रकम प्रदान गरिएको जनाईएको छ । संस्थाले यससंगै कोषमा ३ लाख जम्मा गरिसकेको छ ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

इलामकी सुजाता तामाङको हत्या आरोपित पक्राउ

पाँचथर ,५ असार । दुइ दिन अघि पाँचथरमा हत्या गरिएकी सुजाता तामाङको हत्यामा संलग्न आरोपि पक्राउ परेका छन्। मंगलबार पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता हत्या भएको थियो। जिल्ला प्रहरी...

७ जना कृषकलाई नगदसहित सम्मान

बुधबारे ,५ असार । झापाको बुद्धशान्ति वडा नम्बर ४ ले बिहिबार ७ जना उत्कृष्ट कृषकलाई जनही १० हजारका दरले प्रोत्साहन रकम सहित सम्मान गरेको छ ।वडाको बजेटबाट ७ जना उत्कृष्ठ कृषकलाई सम्मान गरिएको वडाध्यक्ष...

पुनर्निर्माण र पुनर्स्थापनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता

काठमाडौं, असार ५ | दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता...

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई...

पूर्वमा भोलिदेखि ‘रेस ’फिल्म प्रर्दशनमा

दमक,५ असार । भोलि असार ६ शुक्रवार गतेदेखि पूर्वका सिनेमाहलहरुमा नेपाली चलचित्र ‘रेस’ प्रर्दशनमा आउने भएको छ । गत जेठ २४ गते राजधानीका हलहरुमा प्रर्दशनमा आएको सो चलचित्र राजधानी वाहिर भने भोलिदेखि प्रर्दशनमा आउन...

दमकमा मोटरसाईकल चोरीको घटना बढ्यो

दमक,५ असार । केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक ,वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो ।साता दिन यता दमकमा विभिन्न किसिमका ४ वटा मोटरसाईकल चोरी भएको प्रहरीमा उजुरी...

पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने

पाडाजुंगी,४ असार । कमल गाँउपलिका ५ स्थित पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने भएको छ । पूराना आइलैण्डलाई थप व्यवस्थित गर्न धमाधम निर्माण कार्यभईरहेको वडाध्यक्ष डम्बर वहादुर निरौलाले बताए । वडा कार्यालयसहित स्थानीय उपभोक्ताहरुको साझेदारीमा आइलैण्ड वनाउने...

शिखा साकोसले दियो शैक्षिक सामाग्री

दमक,५ असार ।दमक –६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले ८ औं स्थापना दिवसका अवसरमा दमक १० स्थित सगरमाथा आधारभुत विद्यालयमा अध्ययनरत ९२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार संस्थाले किताब बोक्ने...

चन्द्रदर्शन शाकोसको थप भवन धमाधम वनिन्दै

पाडाजुंगी ,४ असार । कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको थप भवन धमाधम निर्माण भईरहेको छ । तीन वर्ष अघि निर्माण भएको एकतले भवन साँघुरो हुदैगएपछि कार्यालय व्यवस्थापनका...

ट्राफिक प्रहरी दमकलाई नयाँ गाडी

दमक,४ असार । दमकको ट्राफिक प्रहरीसहित प्रहरी कार्यालय गौरादहमा नयाँ गाडी आएको छ । प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाले दमकको ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गौरादहलाई एक। एक वटा गाडी उपलब्ध गराएका...