न्यू कञ्चनको स्थापना दिवसमा संस्थापक देखि कर्मचारी सम्म सम्मानित

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६



  • बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था लि. बुद्धशान्ति–३ ले आप्mनो १० औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा स्थापना कालमा सहयोग तथा सहकारीको कल्पनाकार धनपति मैनालीको प्रमुख आतिथ्य रहेको थियो ।

    स्थापना दिवसकै अवसर पारेर संस्थापक तथा कर्मचारीलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा संस्थापक भवप्रसाद गौतम, बिष्णुमाया दाहाल, देवेन्द्र दंगाल, रुद्रकुमारी धिमाल, बिमला ढकाल, नविनकुमार गौतम र धनपति मैनालीलाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारीहरुमा डिल्लीराम गौतम, घनेन्द्र भुर्तेल, लेखनाथ भट्टराई र पार्वता कडेललाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

    २०६६ सालमा स्थापना भएको यस सहकारीले सहकारी अभियान मार्फत बुद्धशान्तिको ग्रामिण क्षेत्रका कृषकलाई सहकारीको माध्यमबाट एकै सुत्रमा बाँधी अगाडी बढाउने र आपसमा सहयोग, सद्भाव कायम गर्दे भातृत्वको भावना जगाउनुका साथै आम कृषक र निम्न मध्यम वर्गीय समुदायमा रहने खाँचो र गर्जोलाई सहजीकरण गर्दे स्थापना कालदेखी यहाँ सम्म आइपुग्दा बुद्धशान्तिमा आप्mनो छुट्टै पहिचान बनाएको अध्यक्ष ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    संस्थाका उपाध्यक्ष सुरज दंगालले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दे स्वागत गरेको कार्यक्रमको संचालन सचिव खेमराज कट्टेलले गरेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology