रक्तदाता दिवसमा प्रभातफेरिसहित रक्तदान


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६


  • दमक,२९ जेठ । विश्व रक्तदाता दिवसका अवसर पारेर आगामी शुक्रवार दमकमा प्रभातफेरिसहित रक्तदान कार्यक्रम गरिने भएको छ । रक्तदान सम्बन्धी सचेतना दिन तथा निशुल्क रगत उपलव्ध गराउन माग गर्दे नेपाल स्वमसेवी रक्तदाता समाजले यहाँ प्रभातफेरिसहित रक्तदान गर्ने भएको हो ।२००४ सालदेखि जुन १४ का दिन विश्वभरि रक्तदाता दिवस मनाउदै आएको छ ।


    समाजले घरवहाल हकहित संघ,ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानसहितका विभिन्न संघसंस्थाहरुको सहभागितामा दमकको मिशाल बजार क्षेत्रमा प्रभातफेरि गर्नुका साथै रक्तदान कार्यक्रम गरिने तय भएको अध्यक्ष सिताराम खतिवडाले जानकारी दिए । विहान ७ वजे हुने सो कार्यक्रम सम्पन्न गर्न समाजले आवश्यक उपसमितिहरु समेत गठन गरेको अध्यक्ष खतिवडाले बताए ।
    कार्यक्रम सम्पन्न गर्न आवश्यक सवै तयारी समेत पूरा भएको कार्यक्रम संयोजक फडिन्द्र भटट्राईले बताएका छन् । उनले प्रभातफेरिसहित रक्तदान कार्यक्रम सफल बनाउन सवै क्षेत्रको सहभागिता जनाईदिन अनुरोध समेत गरेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology