साहित्य चौतारी झापाले बार्षिकउत्सव र भानु जयन्ती मनाउँदै

सोहि अवसरमा कला बर्षको रुपमा कला क्षेत्रका ब्याक्तीलाई सम्मान गर्दै

हाम्रो दमक

बीर्तामोड । साहित्य चौतारी झापाले असार ३१ गते २० औँ वार्षिक उत्सव तथा २०६ औँ भानु जयन्ती कला बर्षको रुपमा मनाउने भएको छ। वि.सं. २०५६ साल असार ३१ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्नु भएको साहित्य चौतारी अविरल हिँडिरहेको गतिशील संस्था हो ।

यस चौतारीबाट राष्ट्रकवि घिमिरे लगायत सयौँको संख्यामा श्रष्टा सम्मानित तथा पुरस्कृत भईसकेका छन् । यस चौतारीबाट उत्पादित प्रतिभाहरु आज राष्ट्र, अन्तरराष्ट्रिय क्षेत्रमा ख्याती कमाइ रहेका छन् । चौतारीलाई सम्झिरहेका छन् । स–गौरव साहित्य चौतारीको नाम उच्चारण गरिरहेको चौतारीका सचिव दिलिप घिमिरेले बताए ।

प्रत्येक बर्ष साहित्य, संगीत र कला विधाहरुमध्ये कुनै एक विधामा रहेर सम्मान तथा पुरस्कार प्रदान गर्दै आईरहेको सन्दर्भमा यस वर्ष कला वर्ष भएकाले चौतारीबाट प्रदान गरिदै आएको सम्मान तथा पुरस्कार कलाक्षेत्रका व्यक्तित्वहरुलाई छनौट गरि प्रदान गरिने र यसका लागि तीन सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको कार्यक्रमका संयोजक हिम्मत नेम्वाङले बताए ।

यस वर्ष साहित्य चौतारी सम्मान झापा जिल्ला भित्रका एकजना वरिष्ठ मूर्तिकारलाई प्रदान गरिने भएको छ। भीमबहादुर पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कार स्थापित एकजना चित्रकारलाई प्रदान गरिने छ। यसैगरी धनमाया जगन्नाथ विमली नव प्रतिभा साहित्य चौतारी पुरस्कार यसपटक नृत्य विधालाई प्रदान गरिने छ। यसका लागि झापा जिल्ला भित्र रहेका प्रत्येक नृत्य प्रशिक्षण केन्द्रहरुबाट एकल लोक नृत्यमा एक महिला र एक पुरुष सहभागी गराइ प्रतियोगिताबाट सर्वोत्कृष्ट एकजनालाई पुरस्कृत गरिने छ।

यसवर्ष डिकमान विरही स्मृति साहित्य चौतारी पुरस्कार उत्कृष्ट अभिनय कर्तालाई प्रदान गरिने छ। यसैगरी जे। वी। आले स्मृति फोटोग्राफी साहित्य चौतारी पुरस्कार झापा जिल्लाभित्रका फोटोग्राफहरुमध्येबाट उत्कृष्ट एकजनालाई प्रदान गरिने चौतारीका अध्यक्ष टंक विकल्प जानकारी दिए।

चौतारीले यस पटकदेखि साहित्य चौतारीसँग आवद्ध साहित्य, संगीत र कलासँग सम्बन्धित एकजना विशिष्ट व्यक्तिलाई मरणोप्रान्त सम्मान गर्ने छ। यसैगरी साहित्य चौतारीको अगुवाईमा झापा जिल्ला भित्रका वैधानिक साहित्यिक संघ( संस्थाहरुका जिम्मेवार पदाधिकारीहरुको भेला गराई आ(आफ्ना संस्थाहरुले गर्ने कार्यक्रमहरुको एउटै क्यालेण्डर तयार गर्ने र एक( अर्को संस्थाले आयोजना गरेको कार्यक्रममा संस्थागत रुपमा र व्यक्तिगत रुपमा समेत सहभागी हुने निर्णय गरिएको चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ बताए।

साहित्य, कला, संगीत र संस्कृतिक पृष्ठभूमि टेकेर देश–विदेशका विशिष्ट साहित्यकार, कला र संगीतका साधक एवम् संस्कृतिकर्मीका साथै छिमेकी भूगोल दार्जिलिङ, सिक्किम, आसाम, मणिपुर, डुवर्स लगायतका सर्जक, साधक र पारखीहरुको शैशवकालदेखि आजको वयश्क अवस्थासम्म भएको गरिमामय उपस्थिति र रचनात्मक सहभागिताले जीवन प्राण भर्दै गतिशील उर्जा प्राप्त गरिरहेको सुखद अनुभूति भएको संस्थाका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार संयोजक शिवशंकर थापाले बताएक छ्न ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

बुधबारेकी निशुले ल्याईन नयाँ गीत

बुधबारे । झापा बुद्धशान्ति–३ निवासी गायिका निशु ढकालले बजारमा नयाँ गीत लिएर आएकी छिन् । ‘वर्ष दिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक गरेकी छिन् । परदेशमा रहेको श्रीमानलाई घर फर्किन आग्रह गर्दै श्रीमतीले...

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

आदिवासी रंगशाला पूर्ववत निर्णयमा फर्किएको घोषणा

दमक,३२ जेठ । झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प त्तत्काल वन्द भएको जनाएको छ । प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दे विगत केही...

गर्मीले कुखुरा मर्न थाल्यो

दमक,३१ जेठ । गर्मी बढे्संगै झापाका कुखुराहरु मर्न थालेका छन् । गर्मीका कारण व्यवसायिक पालन गरिएका ब्रोइलर तथा लेयर्स जातका कुखुराहरु मर्न थालेका हुन् । दमक–९ को पञ्चमुखी कृषि फार्मका सञ्चालक देवराज अधिकारीका अनुसार...

दमकबाट हराएकि बिर्तामोडकि ७ बर्षिया बालिका भेटिइन्

दमक । झापाको दमकबाट बुधबारदेखि हराएकि झापा बिर्तामोड कृषी चौकनिवासी शुक्रराज जोगीकी ७ बर्षिया बालिका पुर्णिमा जोगी बिहिबार भेटिएकि छिन् । बुधबार बिहान छीमेकी दिदिले लिएर गएकी छोरी पुर्णिमा बिहिबार बिहान परिवारको सम्पर्कमा आएकि हुन्...