जेठ ३१ मा एभरेष्ट सपिङ सेन्टरमा रेष्टुरेन्ट उद्घाटन

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६



  • दमक,२८ जेठ । झापाको दमकमा रहेको एभरेष्ट सपिङ सेन्टरमा सुविधासम्पन्न रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । गत फागुन १७ देखि सञ्चालनमा आएको सपिङ सेन्टरले यहि जेठ ३१ गतेदेखि रेन्टुरेन्ट सञ्चालनमा ल्याउने भएको हो ।सपिङ सेन्टरले आज पत्रकार सम्मेलन गरि रेन्टुरेन्ट सञ्चालनको सवै तयारी पूरा भएको सञ्चालक रोहित आचार्यले जानकारी दिए ।

    सपिङ सेन्टरमा रेष्टुरेन्टका बारेमा जानकारी दिदै सञ्चालकहरु

    उद्घाटनका अवसरमा रेन्टुरेन्टमा थप मनोरञ्जन प्रदान गर्न राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा शुक्रवार र शनिवार सांगीतिक कार्यक्रम गरिने सञ्चालक आचार्यले वताए । शुक्रवार साँझ चर्चित गायक रामकृष्ण ढकाल र शनिवार इटहरीका बाल गायक प्रितम आचार्यको दमदार प्रस्तुति हुने रेन्टुरेन्टका डाइरेक्टर एस लेप्चाले वताए । आचार्य हालै भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो विजेता हुन् ।
    सपिङ सेन्टरको माथिल्लो चौथो तलामा खुलेको सुविधासम्पन्न रेष्टुरेन्ट एण्ड बारको उद्घाटनका अवसरमा बिभिन्न परिकारसहित सांगीतिक आनन्द दिन सांगीतिक कार्यक्रमको आयोजना गरिएको शेर्पाले बताए । रेष्टुरेन्टमा सांगीतिक कार्यक्रम भने हरेक शुक्रवार र शनिवार सञ्चालन हुने जनाईएको छ ।
    स्वच्छ र सफा खानपान पाईने सो रेष्टुरेन्ट दमकका लागि नौलो हुने दावी सञ्चालकको छ । एक पार्टी हलसहित ८० जना क्षमता रहेको रेष्टुरेन्टको हरेक साताको शुक्रवार र शनिवारमा क्षमता भन्दा बढी उपभोक्ता समावेश नहुने गरि व्यवस्थापन गरिएको सञ्चालक आचार्यले जानकारी दिए । सांगीतिक कार्यक्रममा हुने अनाबश्यक भिडभाड नियन्त्रण गर्न संख्याको अनुपातमा अग्रिम बुकिङ गर्न समेत सकिने व्यवस्था रहेको उनले बताए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology