तामाङ्ग घेदुङ बुद्धशान्तिको नेतृत्व चयन

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६



  • शान्तिनगर,२७ जेठ ।<नेपाल तामाङ् घेदुङ बुद्धशान्तिको नेतृत्व चयन भएको छ । बुद्धशान्ति गाउँपालिका भित्र बसोबास गर्ने तामाङ् जातिको टिमाई शिविरमा शनिबार सम्पन्न प्रथम अधिवेशनले मेन बहादुर थिङ तामाङ्को अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

    अधिवेशनले द्धय उपाध्यक्षमा दिलमाया योञ्जन तामाङ र प्रियराज मोक्तान , सचिवमा देवीध्वज योञ्जन तामाङ, सहसचिवमा होइसल दोर्जे लामा, कोषाध्यक्षमा पूर्णमाया थिङ तामाङलाई सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा गणेश तामाङ, माया घिसिङ, शुक्रराज तामाङ, पुष्पा मोक्तान तामाङ , गणेश तामाङ लगायत रहेकाछन् ।

    सोहि अवसरमा राजेन्द्र कुमार मोक्तानको अध्यक्षतामा ५ सदस्यीय बुद्धशान्ति संस्कृति घेदुङ समिति समेत गठन भएको निर्वाचन मण्डलका संयोजक तिलक पाख्रिनले जानकारी दिए । गाउँपालिका भित्र बसोबास गर्ने तामाङ जातिको अवस्था र एकताको पहलगर्दै चुस्त र दुरुस्त बनाउन उक्त कार्यसमिति चयन गरिएको कार्यक्रमका सभापति भक्त बहादुर ग्लान तामाङले बताए ।

    प्रमुख अतिथि नेपाल तामाङ घेधुङ जिल्लाका अध्यक्ष काजीमान घिसिङ तामाङले नवनिर्वाचित समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले दुईवटा गाउँविकास समिति समायोजन भएर बनेको बुद्धशान्ति गाउँपालिका भएकाले तामाङ जातिको संस्कृतिलाई लगायत विभिन्न कुरालाई समेट्दै गाउँपालिकासँग समन्वय गरि अगाडि बढ्न सहभागिहरुले सुझाव दिएका थिए ।

    कार्यक्रममा विशेष अतिथि घेदुङका पूर्व सचिव तिलक पाख्रिन, कञ्चन योञ्जन तामाङ, बुद्धशान्ति ४ का वडाध्यक्ष बुद्धिमान जवेगु लिम्बुले शुभकामना मन्तव्य राखेकोे थिए भने कार्यक्रममा स्वागत मन्तव्य टिमाई गुम्बा आर्थिक संयोजक मेन बहादुर थिङ तामाङले राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य मदनकुमार डुम्जन तामाङले गरेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology