कमल ७ को वडा कार्यालय शिलान्यास

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६



  • दमक,२७ जेठ । झापाको कमल गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । भवनको सोमवार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले शिलान्यास गरे ।

    जिल्ला समन्वय समितिबाट प्राप्त रु ४५ लाखको वजेटबाट वडा कार्यालयको प्रशासनिक भवन निर्माण शुरु गरिएको वडाध्यक्ष पृथपति राईले वताए । एकवर्ष भित्रमा निर्माण गरिने उक्त भवन दुई तले पाच कोठाको हुने उनले वताए । भवन निर्माण गर्न टेकेन्द्र श्रेष्ठको अध्यक्षतामा एक भवन निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।

    भवन शिलान्यासका अवसरमा प्रमुख पोर्तेल, गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले लगायतले स्थानीय सरकारका रुपमा स्थापित वडा कार्यालयहरुलाई थप सुविधा पुरयाँउन वडा कार्यालय भवनबाट सहजता पुग्ने औल्याए ।

    वडा कार्यालय भवन वनाउन स्थानीय दाता देवीमाया चम्लागाईसहित छोराहरु टंक ,गोविन्द र देवेन्द्र चम्लागाईले करिव रु २५ लाख मूल्य पर्ने ५ कठ्ठा जमीन निशुल्क दान दिएका थिए । गाँउपालिकाका ७ वटा वडामध्ये २ र ६ वडा बाहेक अन्य वडाहरु भाडाको घरमा सञ्चालन हुदैआएका छन् । शिलान्यास गरिएको वडा भवन गाँउपालिकाकै पहिलो वडा कार्यालय भवन हुने प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले वताए ।

    शिलान्यास कार्यक्रममा गाँउपालिका उपाध्यक्ष वेणु शिवाकोटी, जिल्ला समन्वय समितिका सदस्य चन्द्र सुब्बा, शुसीला अधिकारी, जुनु महरा ,वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology