मृगौला पिडीत मनिषाको उपचारका लागि रकम संकलन सुरु

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६



  • शान्तिनगर । दुवै मृगौला फेल भएर मृत्युसँग जुधिरहेकी झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनलाई विभिन्न सहयोगी व्यक्ति तथा संस्थाबाट रकम प्रदान हुन थालेको छ । हाल सम्म उनको उपचारका लागि एक लाख ६३ हजार ४ सय ८७ रुपैंया संकलन भएको मनिषा मगरको जीवन बचाउ अभियान समितिका संयोजक राजेन्द्रकुमार राईले बताएका छन् । अभियान समितिका संयोजक राईले मनिषाको अवस्था चिन्ताजनक भएकाले उनको जिवन रक्षाका निम्ति सबैलाई यथासक्य आर्थिक सहयोग गरेर उनको जिवन रक्षा गरिदिन अनुरोध गरेका छन् ।

    विराटनगरको नोवेल मेडिकल कलेजमा उपचाररत् मनिषाको दुवै मृगौला खराव भएपछि डाक्टरले तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएपछि उनको जिवन रक्षाका लागि स्थानीय वुद्धिजिवीको उपस्थितिमा एक समिति गठन गरिएको छ । राजेन्द्रकुमार राईको संयोजकत्वमा रहेको सो समितिको उपसंयोजक गंगाबहादुर सुनुवार, सचिव नरेन्द्र काङवाङ, सहसचिव भक्तबहादुर राणा मगर र कोषाध्यक्ष सीता मगर रहेका छन् । सो समितिको सदस्यहरुमा गोपाल लुङगेली मगर, कृष्ण थेवे, नेत्र सिग्देल, प्रकाश घिसिङ, रोहन कुरुङ्बो, सृजना मगर, रेनुका मगर, नेत्रि लिम्बु, रमिता दुमी, रिता कुरुङ्वो, लालबहादुर मगर, इसाक मागो, अजय साम्सुहाङ, कमला सिवा, तारा रसाईली, कमली दर्जी, मिनु गुरुङ, आषिश लिम्बु, विनोद राई, मणिकुमार राई लगायत रहेका छन् । यसैविच बुद्धशान्ति १ का करण शेर्पाले मनिषाको उपचार सहयोगार्थ १० हजार रुपैंया प्रदान गरेको संयोजक राईले जानकारी दिएका छन् ।

    संयोजक राईले सहयोग रकम संकलनका लागि एक्सेल डेभलपमेन्ट बैंक बुधबारेको मा बैंक खाता खोलिएको जानकारी दिएका छन् । उनले सो खाता नम्बर ००६०१०००१०१८४००००००१ मा रकम जम्मा गरिदिन सबैमा अनुरोध गरेका छन् । साथै थप आप्mनो मोवाईल नम्बर ९८४२७७३०३४ मा विरामीबारे तथा थप जानकारी आवश्यक परे सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology