दुई बुदे सहमती पछी कन्काई अस्पतालमा राखेको मृतकको लास परीवारले बुझ्यो

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६



  • झापा । बिरामीको मृत्यु पश्चात बिर्तामोडको कनकाई अस्पतालमा उत्पन्न तनाव सहमती पछि साम्य भएको छ । पिडित पक्ष र अस्पताल प्रशासन बीच आइवार राती दुई बुँदे सहमती भएसँगै पिडितले लास उठाएका छन् ।

    उपचारका क्रममा मृत्यु भएकी बिविता तामाङको परिवारलाई समवेदना स्वरुप ५ लाख रुपैयाँ क्षतीपूर्ती दिने सहमती भएको छ । उपचारका क्रममा स्वास्थ्यकर्मीको लापरवाही भएको नभएको छानबिन गर्न ९ सदस्य छानविन समिित गठन गरि १० दिन भित्रमा बिर्तामोड नगरपालिकामा प्रतिबेदन बुझाउने सहमती पत्रमा उल्लेख छ ।

    बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र कुमार लिङदेनको संयोजकत्वमा बनेको छानबिन समितिमा स्वास्थ्यकर्मी, जनप्रतिनिधी र अस्पतालका प्रतिनिधि र पिडित पक्षका प्रतिनिधि रहेका छन् ।

    बिर्तामोड नगरपालिकाका मेयर ध्रबकुमार शिवाकोटी र अर्जुनधारका मेयर हरीकुमार रानाको रोहवरमा समती पत्रमा हस्ताक्षर भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालयमा भएको छलफलमा झापा प्रहरी प्रमुख दिनेशाज मैनालीको पनि उपस्थिति रहेको थियो ।

    गोली ठोक्छु भन्ने प्रहरीलाई कार्वाही हुने

    झापाका एस्पी दिनेशराज मैनालीले बिना कसुर जनप्रतिनिधी माथी लाठी प्रहार गर्ने प्रहरीको पहिचान गरि तीन दिन भित्र कार्वाही गर्ने बताएका छन् । छलफका क्रममा बोल्दै मैनालीले पत्रकारले खिचेको भिडियो र अस्पतालको सिसिक्यामेराको फुटेज हेरेर दोषीलाई तीन दिन भित्र कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    बार्तामा बसिरहेका सुर्योदय वडा नम्बर १० का अध्यक्ष पेमा उगेन लामालाई प्रहरीले टाउको र ढाडमा लाठी बजारेको थियो । इलाका प्रहरी कार्यालय धुलावारी इन्पेक्टर टिका कार्कीले लामालाई गोली ठोक्छु भन्दै लछारपछार गरेको लामाले बताएका छन् । वडा अध्यक्ष लामा मृतकका तर्फबाट बार्तामा बसेका थिए ।

    यो पनि हेर्नुहोस सम्बन्धित समाचार

    बिरामीको मृत्युपछि बिर्तामोडमा तनाब, पिडितपक्षसँग वार्ता हुँदै

    बिरामीको मृत्युपछि विर्तामोडस्थित कनकाई अस्पताल तनावग्रस्त

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology