एभरेष्ट रेष्टुरेन्ट एण्ड बारमा गायक ढकाल आउने

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६



  • दमक,२६ जेठ । दमकमा सुरु हुन लागेको अत्याधुनिक रेष्टुरेन्ट एभरेष्ट लन्ज रेष्टुरेन्ण्ट एण्ड बारमा चर्चित गायक रामकृष्ण ढकाल आउने भएका छन् । आगामी जेठ ३१ गते शुक्रबार बाट औपचारिक शुभारम्भ हुन लागेको रेष्टुरेण्टको उद्घाटनका अवसरमा गायक ढकाल आउने भएका हुन् ।


    रेष्टुरेन्ट उद्घाटनमा ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि गायक ढकालको विशेष प्रस्तुति दिने कार्यक्रम रहेको सञ्चालक रोहित आचार्यले जानकारी दिए । तिन दिन सम्म बिभिन्न सांगीतिक कार्यक्रम गरिने तय भएको उनले बताएका छन् । गत फागुनबाट सुरु भएको एभरेष्ट सपिङ सेन्टरको माथिल्लो तलामा अत्याधुनिक सुबिधा सहितको रेष्टुरेन्ट एण्ड बारको उद्घाटनका अवसरमा खानाका बिभिन्न परिकार सहित सांगीतिक आनन्द लिनका लागि त्यस्तो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
    रेष्टुरेन्टलाई दमककै अत्याधुनिक सुबिधा सम्पन्न बनाईएको उनले बताए । स्वच्छ र सफा खानपान पाईने रेष्टुरेन्टको किचन सबै ग्राहकले नियाल्न सक्ने गरी बनाईएको छ भने रेष्टुरेन्टको हरेक टेबल बाट दमक चौक सहित दमकका मुख्य भु–भाग देख्न सकिने गरी बनाईएको छ ।
    शान्त पारिवारिक वातावरण सहित हरेक हप्ता साङ्गीतिक कार्यक्रम समेत गर्ने तयारी गरिएको सञ्चालक आचार्यले बताए । अत्याधुनिक र आकर्षक रेष्टुरेन्टमा सुपथ मूल्यमा खानाका बिभिन्न परिकारहरु पाईने जनाईएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology