दमकमा सिरस एजुकेशन सञ्चालनमा


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६


  • दमक ,२६ जेठ । अष्ट्रेलियासहित जापान अध्ययनका लागि आयल्ससंगै भाषा कक्षा पठनपाठन गराउन उद्देश्यले झापाको दमकमा सिरस एजुकेशन सञ्चालनमा आएको छ । दमक ८ स्थित जनता वैक रहेको भवनको माथिल्लो तलामा सिरस एजुकेशनको शाखा सञ्चालनमा ल्याईएको हो । युवा व्यवसायी राजु खड्का तथा वैदेशिक क्षेत्रका अनुभवी विवेक भट्टराई लगायतको समूहले उक्त एजुकेशन सञ्चालनमा ल्याएका हुन् ।

    उच्च शिक्षा अधययनका लागि विद्यार्थीहरुलाई आवश्यक परामर्श सेवा दिने उद्धेश्यले सो सिरस एजुकेशन सञ्चालनमा ल्याएको सञ्चालक खड्काले वताए । सो शैक्षिक परामर्श केन्द्रको आज दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले उद्घाटन गरेका छन् ।

    कार्यक्रममा बाणिज्य सघ दमकका बरिस्ठ उपाध्यक्ष बिमल खतिवडा ,प्रथम उपाध्यक्ष गोपाल गुरागाई ,स्थानीय अगुवाहरुको उपस्थिति रहेको थियो।

    सिरस एजुकेसनमा बिभिन्न देशहरुमा जान्ने बिद्यार्थीहरुलाई उचित परामर्श दिनुका साथै न्यून शुल्कमा बिद्यार्थीहरुलाइ उच्च शिक्षा अध्ययनन गर्ने पठाइने ती विद्यार्थीहरुलाई अष्ट्रेलिया र जापानका विभिन्न कलेजहरुमा अध्ययनका लागि पठाउन सहजीकरण गर्ने शाखा म्यानेजर भट्टराईले जानकारी दिए ।

    मुख्य कार्यालय अस्ट्रेलियामा रहेको सो एजुकेशनले २ बर्ष अघिदेखि काठमाडौंमा समेत कार्यालय स्थापना गरेर विद्यार्थीहरुलाई सो सेवा दिदै आएको थियो । काठमाडौं सम्म परामर्श तथा आयल्स कक्षाका लागि जानुुपर्ने बाध्यताको अन्त्य गर्दै मान्यता प्राप्त शिक्षकहरुबाट अध्ययन अध्यापनका लागि दमकमानै सिरसले बन्दोबस्ती मिलाएको सञ्चालक खड्काले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology