पुष्प धिरेन्द्र स्मृती प्रतिष्ठानले दमकका विद्यार्थीलाई तेह्रथुम घुमायो

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६



  • झापा | पुष्प धिरेन्द्र स्मृति प्रतिस्ठानले झापा दमकका बिद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराएको छ । प्रतिष्ठानले केहि दिन अघि दमकमा सम्पन्न दमक नगरस्तरीय खेलकुद प्रतियोगिताका बिभिन्न बिधाका बिजेताहरुलाई भ्रमणका लागि तेह्रथुमको तिनजुरे मिल्के, धनकुटाको पाख्रिबास लगायत अन्य स्थानहरुको भ्रमण गराएको हो ।

    प्रतिष्ठानले आयोजना गरेको भ्रमणमा दमकका बिभिन्न सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी र बिषयगत शिक्षकहरुलाई भ्रमणमा सामेल गराएको प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले जानकारी दिए । भ्रमणकै क्रममा सिधुवा बजार नजिक आयोजित एक कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष बस्नेतले प्रतिष्ठानले दमक नगरको खेलकुद क्षेत्रको विकासका लागि सदैब हातेमालो र प्रोत्साहन गर्ने बताए । भ्रमणमा सहभागी हिमालय माबि दमकका शिक्षक निलमणी कड्वालले यस्ता प्रकारका भ्रमण विद्यार्थीका लागि निक्कै फलदायी हुने बताए ।

    गणतन्त्र स्थापनाका लागि विद्रोहरत माओवादीमा संलग्न रहेको आरोपमा तत्कालिन शाही नेपाली सेनाले काठमाण्डौको कालिमाटीबाट २०६० मंसिर १९ मा पुष्पलाई र लगत्तै मंसिर २८ गते धिरेन्द्रलाई गिरफ्तार गरेको थियो ।

    लोकतन्त्र स्थापना भएको १३ बर्ष पछि सम्मपनि उनीहरुको अवस्था अझै अज्ञात रहेको बस्नेत परिवारले जनाएको छ । दमक १ स्थाइ घर भइ काठमाण्डौमा अध्ययनका शिलशिलामा रहेका बस्नेत दाजुभाईलाई तत्कालीन राज्य पक्षले पटक पटक धरपकट गर्दै छोडेको भएपनि पछिल्लो पटकको गिरप्mतारी पछि उनिहरुको अवस्था अझै अज्ञात रहेको निजहरुका दाजु तथा प्रतिष्ठानका अध्यक्ष तिर्थ बस्नेतले जानकारी गराएका छन् ।

    बुबा भिमबहादुर बस्नेत र आमा चन्द्रकुमारी बस्नेतका छोरा पुष्प र धिरेन्द्रलाई तत्कालिन शाहि नेपाली सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएको बस्नेत परिवारले जनाएको छ । बेपत्ता पुष्प र धिरेन्द्रको स्मृतीमा प्रतिष्ठानको स्थापना गरिएको हो । प्रतिष्ठानले यस अघिपनि रक्तदान, बृक्षारोपण लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology