मुर्तीकला पेशामा सुवासको संघर्ष


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६


  • मोरङ मिक्लाजुङ —४ जरुवाका सुवास विश्कर्मा १५ बर्षदेखी मुर्तीकला पेशामा क्रयाशिल छन् । यहि पेशालाई नै जिविकोपार्जनको माध्यम बनाएका सुवास निकै सुन्दर र कलात्मक मुर्तिहरु बनाउछन् । जुन मुर्ती देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् ।

    आफ्नो अघि कुनै देवी देवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मुर्ति बनाउने पुस्कलको कलाले सबैलाई मोहित पारेको छ । सानैदेखि चित्रकला र मुर्तिकलामा निकै रुची भएका सुवास अहिले जिल्लामा अब्बल मुर्तिकारको रुपमा परिचित हुँदै गएका छन् ।

    उनले बनाउने मुर्ति र उनले मुर्ति बनाएको हेर्नेको पनि घुइँचो लाग्ने गरेको छ । विभिन्न देवी देवताहरु, भगवान, सहिदहरु र जनावरहरुको दुरुस्तै आकर्षक आकृति झल्किने मुर्ति वनाउने क्षमता भएका ३९ वर्षिय विश्कर्माले यहि पेशाबाट सामान्य गुजारा चलिरहेको बताए । हाल सम्म ३ सय भन्दा बढि मुर्ती उनले बनाईसकेका छन् ।

    उनले विभिन्न मन्दिरहरुका लागि दर्जन बढी मुर्तिहरु निर्माण गरिसकेका छन् ।

    अहिले विश्कर्मालाइ मुर्ती बनाउन भ्याइ नभ्याइ छ । पूर्वाञ्चल भरिबाट मुर्ति बनाउन अर्डर आउने उनले बताए । एउटा मुर्ति बनाएको १५ हजारदेखि ३० हजारसम्म पाउने गरेको बताए ।

    मुर्तिकार मञ्जुल मितेरीको प्रेरणाबाट यस क्षेत्रमा हात हालेको बताउने उनी पित्तल, तामा, जस्ता लगायतबाट बनाइने परम्परागत मूर्तिकला मात्रै होइन ढुङ्गामा कुदेर पनि राम्रा मुर्ति तयार पार्छन् ।

    यो पेसाबाट नाम र दाम दुवै मिल्ने गरेको सुवासले बताए । मूर्तिका काम गर्दै गर्दा भेटिएका उनले भने,‘ सिप र मेहनत अनुसारको आम्दानी हुन्छ ।

    कुनै राम्रो अवसर पाए सुवासले चमत्कारिक कला देखाउन सक्ने सम्भावना रहेको स्थानीयको भनाई छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology