नगरपालिका भएको ३७ वर्ष पछि दमकको बाह्रघरेमा खानेपानी आयोजना निर्माण कार्य शुरु

बर्षौ देखि भुमिगत ट्युबेलको पानी प्रयोग गर्न बाध्य साविक वडा नम्बर १५, १६, १७, १८ र १९ नम्बर वडाका स्थानीयबासीहरु खानेपानी आयोजनाबाट लावन्धीत हुदै

नगेन्द्रमणि न्यौपाने

नगेन्द्रमणि न्यौपाने

दमक । झापाको दमक नगरपालिका भएको ३७ वर्ष पछि बल्ल दमकको १० नम्बर वडामा खानेपानी आयोजना निर्माण कार्य शुरु भएको छ । यसरी आफ्नो वडामा खानेपानी आयोजना बन्ने भए पछि स्थानीबासीहरु हर्षित भएका हुन । बर्षौ देखि भुमिगत ट्युबेलको पानी प्रयोग गर्न बाध्य यस भेगका स्थानीयबासीहरु आयोजना सम्पन्न भए पछि शुद्ध पिउने पानी उपभोग गर्न पाउनेमा निकै आशाबादी देखिएका छन ।

बर्षौ देखि भुमिगत ट्युबेलको पानी प्रयोग गर्न बाध्य साविक वडा नम्बर १५, १६, १७, १८ र १९ नम्बर वडाका स्थानीयबासीहरु खानेपानी आयोजनाबाट लावन्धीत हुने बताइएको छ । नगरको शहरी क्षेत्रमा मात्रै केन्द्रित भएका खानेपानी योजनाहरु ग्रामिण भेगमा पनि संचालनमा आउने भएपछि स्थानीयहरु निकै आशाबादी पनि बनेका छन । यो बाह्रघरे खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्र्तगत यस आयोजनाको काम अहिले धमाधम भैरहेको छ ।

आयोजनाको निर्माणको लागी स्थानीय नरबहादुर बिष्ट, लाईफ लाइन अस्पताल, र बेधनिधि सिवाकोटीबाट करिब ८ कट्ठा जग्गा निशुल्क उपलब्ध भएको हो । आयोजनाको लागी प्रदेश सरकारबाट बिनियोजित ९० लाख बजेटबाट अहिले आयोजना निर्माण काम भइरहेको छ । डिपिआर सहित आयोजना स्थलमा पहिलो चरणमा पक्की घेराबारा, सडक बिस्तार ,कल्भर्ड निर्माण, बोरिङ गाड्ने काम भइरहेको समितिले जनाएको छ । ४ लाख ५० हजार घनलिटरको ट्ङकी र २ वटा बोरिङ रहने यस आयोजना बाट दमक ९ को आंशिक र १० को सबै क्षेत्र गरेर १ हजार ६ सय ७१ घर धुरी लावन्धीत हुने समितिका सचिब खगेन्द्र भट्टराईले बताउनु भयो ।

सानो बाह्रघरे खानेपानी आयोजना नगरको दक्षिणी भेगका नगरिकहरुका लागी लक्षितगरि निर्माण शुरुगरिएको दमक नगरपालीकाले जनाएको छ । जिल्ला खानेपानी डिभिजन कार्यालयको समन्वयमा निर्माण भइरहेको यस आयोजनामा प्रदेश सरकारको क्रमागत बजेट मार्फत ५ करोड रुपैयाको अनुमानित लागतमा ५ बर्ष भित्रमा आयोजना निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको दमक १० का वडा अध्यक्ष बोधराज न्यौपानेले बताउनुभयो ।

दमक नगरपालीकाले हाल ३ वटा ४ सय ५० घनलिटरको टयाङकी बाट शहरीक्षेत्रमा ९ हजार ५ सय घर धुरीलाई शुद्धखानेपानी बितरण गरिरहेको छ । नगरका ५, ६, ७ बाहेक १, २, ४, ८ र ९ का शहरी क्षेत्रका घरधुरीमा शुुद्ध खानेपानीको धारा जडान भइसकेको जनाएइको छ । करिब १ लाख जनसंख्याको बसोबास रहेको दमकमा हालसम्म ४५ हजार नगरिकले मात्र धाराको शुद्ध पिउने पानी उपभोगगर्र्दै आएको दमक नगरपालीकाले जनाएको छ । तर यसता जनताको अति आवश्यकय आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न हुनु पर्ने स्थानीय राजु तामाङको भनाई छ ।

आइत, जेष्ठ २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...