प्रेम ! मेरो भ्रम थियो

मुसलमानको बच्चाको शरिरमा रगतको कमी हुँदा अर्को हिन्दुको बच्चाले त्यो कमी पूरा गर्न मिल्दोरहेछ फेरि हाम्रो समाजमा यो सब कुरामाथि नाराबाजी कीन ?

कुशुम योन्जन तामाङ

आजको दिनमा पनि हामी चिच्याउँदै जात, धर्म र वर्गको कुरा गर्छौ त्यसका वाबजुत आज मैले देखे एउटा मुसलमानको बच्चाको शरिरमा रगतको कमी हुँदा अर्को हिन्दुको बच्चाले त्यो कमी पूरा गर्न मिल्दोरहेछ फेरि हाम्रो समाजमा यो सब कुरामाथि नाराबाजी कीन ?

“प्रेम” पछिल्ला केहि दिनहरुमा यो शब्द मेरो लागि बडो चिन्तनको विषय बनीरहेको थियो । लाग्थ्यो यो विषयमा म खुब चिन्तित छु र यो कुराले मलाई खुब पिडा भैरहेको छ । के हो प्रेम?, के यो गर्ने काम हो ? कसरि हुन्छ प्रेम? म यहाँ जिवनका अरु सम्बन्ध भन्दा पनि नितान्त एउटा लोग्नेमान्छे र आईमाईमान्छेबीच हुने प्रेमबारे सोच्दैथिए । अँह! साँच्चै थाहा छैन प्रेमको परिभाषा । सँसारमा आजसम्म कसैले प्रेम भनेको यहि हो भनेर भन्न नसकेको कुरो मैले के जानु । जिवनका आ–आफ्नै भोगाई, परिस्थिति अनुसार यसका पनि आ–आफ्नै परिभाषा हो सायद । मानिस राम्रो हुँदैन राम्रो हुन्छ त केवल उसको उमेर कतैं सुनेको यो कुरा सम्झिदा लाग्छ सायद मेरो पनि उमेरकै करामत होला यि सब कुरा म भुल्न खोज्नु । जिवनमा भर्खरैमात्र कोपीलाबाट फूल हुँदैगर्दा यो अल्लारे जोवनसँगै बैँशालु मन बोकेर हिँडिरहेकी एउटी तरुनी केटी माया–प्रेमको कुरामा रुमालिन खोज्नु त्यती नौलो कुरा पक्कै होइन । कक्षा ६–७ मा हुँदा स्वास्थ्य विषयमा पढेकै कुरा हो उमेर बिृद्धि भएसँगै विपरित लिङ्गिप्रति बढी आर्कषित हुनु यो स्वभावीक कुरा हो । एउटा प्रश्न आफैसँग अनी के यस्तो आकर्षणलाई पनि प्रेम भन्न सकीन्छ र ? साँच्चै अनौठो र गज्जबको लाग्दोरहेछ जब कसैसँग हामी आकर्षीत हुन्छौ, जब कसैसँग भावनाको कुरा हुन्छ अनि माया–प्रेम भएको जस्तो कुरा हुन्छ । जब एउटी बैँशले उन्मात तरुनी केटीसामु कुनै एउटा केटाले दुखेको जिन्दगिको केहि खात राख्दै, दुख भुलाएर रमाउँदै अब सँगै हिँडौ भन्ने बात गर्छ, मायालु पाराले मायाको कुरा गर्छ तब प्रेम भनेको यहि हो जस्तो लाग्दोरहेछ । मलाई पनि त त्यस्तै लाग्यो, जाबो मोबाइल फोन र च्याटबक्समा हुने भावना र प्रेमका कुराले यो मन प्रेमील बन्यो । अदृश्य भएर पनि देखेजस्तो, नभएर पनि भएजस्तो खै कस्तो कस्तो अनौठो किसिमको महसुस गर्दोरहेछ मनले । एउटा अन्जान लोग्नेमान्छेले मायालु पारामा मायाको कुरा गर्दैमा त्यसलाई सत्य सम्झीएर आफैमा हराएर उसैलाई सम्झनु मुर्खता बाहेक अरु के हुनसक्छ र ? यो शब कुरा थाहा हुँदाहँुदै पनि कहिलेकाँही यो मन मुर्ख साबीत हुन पनि तयार भैदीदोरहेछ । अब यसलाई प्रेमको नाउँ दिउँ की चञ्चले यौवनले मात्तीएर गर्ने उपद्रो भनौँ ।

केहि समय अघिको कुरा हो एक यूवकसँग मेरो पनि चिनाजानी भयो । नामथरको परिचयपछि मित्रताको सम्बन्ध सुरु भयो । हिँजोआज साह्रै सहज कोसौँ टाढा भएपनि इन्टरनेटको माध्यमबाट सँधै नजीक हुनसक्ने । अब अरु के चाहीयो र बिहान सबेरदेखि बेलकी अबेरसम्म कुराकानी हुनथाल्यो । सुरुमा मित्रता अनि केहिदिन बितेपछि आत्मिय मित्रताको सम्बन्ध पनि बन्यो । आत्मिय भैसकेपछि त अब अझ धेरै कुरा हुनथाल्यो । तपाईबाट सुरु भएको सम्बन्ध अब तिमिमा । तपाई मलाई राम्रो लाग्छबाट सुरु भएको कुरा के तिमि म सँग बिहे गर्छौ भन्ने जिज्ञासासम्म । जे होस यो शबै एकैदिनमा भएको कुराचाँही पक्कै होइन, वर्षौ दिनको कुरा हो यो पनि । यि सबै र यस्तै कुराले मन उकुसमुकुस भएर निसास्सिरहेको थियो । के म पनि प्रेम सम्बन्धमा छु त ? के साँच्चै उसले भनेजस्तैगरि उसले मलाई प्रेम गर्छ होला त ? के उ मसँग साँचो हृदयले कुरा गरिरहेको छ,, ना होइन मसँग आफ्नो मन बहलाउन र समय बिताउन मात्र पनि त कुरा गरिरहेको हुनसक्छ ..यस्तै अनेकथरि नचाहीँदा प्रश्नले मन भरिएको थियो । बेला बेला त हामी दुईबिच भएको सँवाद मात्र सम्झिदा पनि निसास्सिएर सासै फेर्न गाह्रो हुने । अझ कहिलेकाँही त रातमा निन्द नपर्ने, कस्तो अचम्म न कसैसँग बोल्न मन लाग्यो न त खेल्न डुल्ननै ,, खाली एकान्तमा टोलाएर हराउनेमात्र । माया–प्रेमको कुरामात्र हुँदा यस्तो नहुनपर्ने हो तर सायद मेरो जिवनमा पहिलोपटक कुनै पुरुषले माया–प्रेमको कुरा गरेको भएर हुनसक्छ मलाई यो सामान्य कुरा पनि भयङ्कर लागिरहेको थियो । अझ प्रस्ट भन्ने हो भने केहिदिनयता यहि कुराले मन छटपटाईरहेको थियो अनि अनुहारमा दुखी र निरासा देखापर्न थालेको थियो । आखिर के हो ? कीन ? के का लागि ? भनेर सोेचिरहेको र प्रश्नै–प्रश्नको लहरामा अल्झीरहेको यो बेलामा आज अचानक एउटा घटना भयो ।

म नउठ्दै एकाबिहानै मोवायलमा घण्टी बज्यो भाईले गरेको रहेछ, कीन बाबु ? गेट खोली देउन म बाहीर छु । एकैछीनपछि थाहा भयो उसलाई कसैले राती फोन गरेको रहेछ, आफ्नो बिरामी बच्चाको लागि रगत चाहीएर । ए नेगेटीभ ब्लड ग्रुप भएको मान्छे भनेर अस्पतालले मोबायल नम्बर उपलब्ध गराएको रहेछ त्यसैले भाईसँग सम्पर्क भएछ । रगत दीनकै लागि भनेर भाई एकाबिहानै धरानबाट दमक आएको देखेर साह्रै खुशी लाग्यो । नचीनेको मान्छेबाट उसलाई सहयोगको अपेक्षासहित फोन आएको मात्र थियो तर आफ्नै बच्चा बिरामी भएजस्तै गरि अस्पताल जान भाई हतारिएको देखेर म छक्क परे । आज शनीबार अर्थात भाईको ब्रत हतार हतार पूजा कोठामा गएर कलशको पानी फेर्यो र दियो बाल्यो म हेरिमात्र बसे । आवाज निकालेर बोल्दैथियो हे भगवान ! त्यो बच्चा छीटै निको होस् । आज त शनीबार कीन पूजा नगरेको तिमिले ? मलाई सोध्यो । एकछिनपछि गर्न लाको थिए, मेरो जवाफ । अब उसलाई के थाहा की म चाँही फोन र म्यासेजमा हुने नचाहीँदो माया–प्रेमको कुरा सम्झीएर रातभर जाग्रम बसेको ..हा..हा… ।।

एकैछिनपछि दिदिभाई दमकको आम्दा अस्पताल पुग्यौँ । बिहानै पनि आज आकाश धुम्म थियो मेरो मनजस्तै…अनावश्यक रुपमा कालो बादल आकाशमा मडारीरहेको, मलाई यस्तो पटक्कै मन पर्दैन ।

अस्पतालको गेटमा पुगेर भाईले फेरि फोन गर्यो । म आईपुगे हजुर कहाँ हुनुहुन्छ ? मान्छे चीन्ने कुरै थिएन, फोनबाटनै चिन्नुपर्ने थियो । एकैछिनपछि ७०–७५ वर्षको देखिने हाम्रो हजुरबुबाजस्तै तर अलि फरक सेतो लामो दारि भएको, अनी लुङ्गी र कुर्ता लगाउनुभएको एकजना मुसलमान बुबा आइपुग्नुभयो । भाईले इशारा गरेरै भन्यो हजुर हो ? हो हो..

नमस्कार….नमस्कार..भाई भन्दैथियो मैले के गर्नुपर्ने ? उ भित्र ..उतापटि त्यहाँ जउँन पहिला । भाई र मुसलमान बुबा अघि अघि अनि म दुवैलाई पछ्याउँदै ।

केहिछिनपछि थाहा भयो वहाँको तीन वर्षको नाती बीरामी । अनौठो किसिमको रोग लागेको रहेछ । शरिरमा रगतको कमी । जन्मीएको तीन महिनापछि रोग पत्ता लागेको रे ।

रगत तपाइले दिने हो ? एकजना दाईले सोध्नुभयो । हजुर हो । खाजा खाएर आउनुभएको हो ? होइन ..खाली पेट रगत झीक्न मील्दैन त्यसैले केहि खाजा खाएर आउनु ल । हुन्छ..

अस्पताल बाहिर नजीकैको दोकानमा खाजा खाएर हामी फेरि भित्र पस्यौ । भाईको रगत निकालियो त्यसपछि बिरामी बच्चालाई हेर्न भाई अर्को कोठामा पस्यो । अहो ! कती उदेगलाग्दो दृश्य मनै कटक्क हुने … सानो बालख बच्चा चकचक गर्दै, खेल्दै, चिच्याउँदै यताउता दौडनुपर्ने, रुनुपर्ने, हाँस्नुपर्ने तर अँह…बच्चा जस्तो हुनुपर्ने त्यस्तो थिएन…बेहोस थियो । अस्पतालको बेडमा सजाउन राखीएको एउटा रबरको गुडीयाजस्तै .. अझ म त भन्छु जबरजस्ती राखीएको शव…कुहिएर सिनो हुन नसक्ने एउटा लासजस्तो । म हेरिरहेकी थिए त्यो सानो बच्चा कती राम्रो आँखा ..सामान्यभन्दा लामो आँखीभौँ भएको, गोलो अनुहार चिटक्क परेको , कती मायालु अनुहार .. । बच्चामा देउताको बास हुन्छ भनछन् नी त्यस्तै..त्यो अबोध बालकको अनुहार आहाा! कती सुन्दर, निश्चल, निर्मल, चोखो, छलकपट केहि नभएको निश्वार्थ प्रेमले पोतीएको अनुहार । लाग्यो हामीले महसुश गर्ने प्रेमको स्वरुप सायद यही हो ।

भाई आँखाभरि आँशु टिलपिल बनाउँदै त्यो सानो बेहोस बच्चाको कपाल सुम्सुमाईरह्यो । नजीकै बच्चाको आमाबाबा पनि हुनुहुन्थ्यो निरास, दुखी, चुपचाप.. केहि सोध्न मन पनि भएन..।

एकछीनपछि मुसलमान बुबाले भन्नुभयो खै कस्तो रोग लागेको होला मेरो नातीलाई, हाँस्दैन, खेल्दैन, बोल्दैन..छट्पटाउँछ मात्र । आँखाको डिलबाट आँशु खस्न मात्र सकेको थिएन वहाँको । इन्डीयाको डाक्टरले भनेको अप्रेसन गर्न ७५ लाख लाग्छ रे मेरो नाममा भएको घर र शबै जमीन बेच्दा पनि त्यती पैसा नपुग्ने रैछ । जिवनमा केहि ईच्छा छैन मेरो नाती ठीक भैदीएमात्र हुन्थ्यो, आफ्नो सन्तान आफ्नै आँखा अगाडी छटपटाएर मर्न लागेको हेर्नु साह्रै गाह्रो हँुदोरहेछ । मुटु फुटेजस्तो लाग्छ, माया लाग्छ .. मरेको हेर्न सक्दीन मुसलमान बुबाले यसो भन्दा सबैको आँखा रसायो । मैले सुनेकी थिए मुसलमानहरुको हृदय दह्रो हुन्छ, उनीहरु कमजोर हुँदैनन् ,रुदैनन् अनि उनीहरु साँच्चै कठोर हृदय भएका हुन्छन् यस्तै तर मैले आज सुनेको कुराभन्दा ठीक विपरित देखे यहाँ, एउटा मुसलमान बुबा कमजोर भएर , हारेर रोएको देखिरहेकी थिए अब थाहा भयो हाम्रो मन मस्तीष्कमा भ्रमले कती कब्जा जमाएको रहेछ, मानीसको हृदय पो हो त पत्थर त होइन नी सबैको मन उस्तै त हो पिडा हुँदा रुन्छ, आँतीन्छ र कहिलेकाँही दह्रो हृदय पनि कमजोर बनीदिन्छ । आजको दिनमा पनि हामी चिच्यउँदै जात, धर्म र वर्गको कुरा गर्छौ त्यसका वाबजुत आज मैले देखे एउटा मुसलमानको बच्चाको शरिरमा खुनको कमी हुँदा अर्को हीन्दुको बच्चाले त्यो कमी पूरा गर्न मिल्दोरहेछ फेरि हाम्रो समाजमा यो सब कुरामाथि नाराबाजि कीन भैरहेको छ । त्यतीबेला मनमा लागिरहेको थियो यदि मिल्थ्यो त यो शरिरको शबै रगत दिएर त्यो ब्च्चालाई सँधैको लागि निको बनाउन पाएहुन्थ्यो … कास सम्भव भैदिए । यो अस्पतालको कोठाभित्र बसेर चारैतिर एक नजर मात्र घुमाउँदा पनि स्पष्ट देख्न सकीन्थ्यो प्रेम, पीडा, जिवन, मृत्यू, सुख ,दुख , आँशु र हाँसो भनेको के रहेछ ।

यतिबेला आएर म झसँग भए सँसार कती ठूलो रहेछ, यहाँ मान्छेहरु कतीधेरै समस्या बोकेर बाँचीरहेकका रहेछन्, सहनै नसक्ने पिडा हृदयमा बोकेर पनि ओठले मुस्कुराईरहेका, मृत्यूनजीक भएर पनि छटपटीमा बाँच्न खोजिरहेको, खोजेजस्तो र रोजेजस्तो जिन्दगि त सायदैको हुन्छ होला यद्यपी आजसम्म मलाई पीडाको पहाडले किच्याएको छैनरहेछ जिन्दगिमा । कती लाजमर्दो कुरा केहिदिनदेखि म समस्यामा छु जस्तो लागिरहेको थियो तर म त केवल आफै कसैले मसँग गरेको भ्रमपूर्ण प्रेमको कुरामा अल्झीएर एक्लै छट्पटाईरहेको मात्र रहेछु । प्रेममा त आनन्द पो मिल्छ त । अब थाहा भयो म मेरो जिवनमा जुन कुरालाई प्रेम अनि पिडा सम्झीरहेको थिए त्यो त केवल भ्रम रहेछ । अरुको कुरामा बहकीनु किमार्थ प्रेम हुन सक्दैन । यस्तो कुरामा अल्झीनु भनेको आफ्नो मन–मस्तिष्क बीरामी पार्नु मात्र हो । र अन्त्यमा अब उपा्रन्त यो मनलाई बहकीन नदीने निधो गरे र मनमनै भने जिवनमा प्रेमप्रति केहि भ्रम रहेछ म सँग जुन आजबाट हट्यो र म प्रेमलाई त्यो दिन स्वीकार्ने छु जुनदिन मलाई प्रेमसँग छटपटी हुनेछैन र मनमा दुवीधा हुनेगरि कुनै प्रश्न हुनेछैन । हुनेछ त केवल प्रेम मात्र । यसपछि म र भाई त्यहाँबाट बिदा भयौ, गेट बाहीर निस्किएपछि ठूलो आवाजमा रेडियोमा भजन घन्कीरहेको सुनियो, बिहानीको समय भएकोले होला नजीकै कुनै पसलमा भजन बजीरहेको थियो…ईश्वर अल्लाह तेरे नाम…यो शब्द सुनेर ओठ अनायसै मुस्कुरायो । हेरे आकाशको कालो बादल बिस्तारै फाट्दै थियो… आकाश खुल्दै थियो जसरी आकाश सफा हुँदैथियो त्यसरिनै मनभित्रका सारा भ्रम हट्दै धेरै दीनदेखि गुम्सिएको मेरो पनि पूनः खाली–खाली हुँदै थियो. . ।।।

आइत, जेष्ठ २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

आदिवासी रंगशाला पूर्ववत निर्णयमा फर्किएको घोषणा

दमक,३२ जेठ । झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प त्तत्काल वन्द भएको जनाएको छ । प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दे विगत केही...

गर्मीले कुखुरा मर्न थाल्यो

दमक,३१ जेठ । गर्मी बढे्संगै झापाका कुखुराहरु मर्न थालेका छन् । गर्मीका कारण व्यवसायिक पालन गरिएका ब्रोइलर तथा लेयर्स जातका कुखुराहरु मर्न थालेका हुन् । दमक–९ को पञ्चमुखी कृषि फार्मका सञ्चालक देवराज अधिकारीका अनुसार...

दमकबाट हराएकि बिर्तामोडकि ७ बर्षिया बालिका भेटिइन्

दमक । झापाको दमकबाट बुधबारदेखि हराएकि झापा बिर्तामोड कृषी चौकनिवासी शुक्रराज जोगीकी ७ बर्षिया बालिका पुर्णिमा जोगी बिहिबार भेटिएकि छिन् । बुधबार बिहान छीमेकी दिदिले लिएर गएकी छोरी पुर्णिमा बिहिबार बिहान परिवारको सम्पर्कमा आएकि हुन्...

दमकमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

दमक,३० जेठ  । संघीय सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम झापाको दमकमा पनि शुरु भएको छ । आज बुधबार नगरपालिकामा औपचारिक एक कार्यक्रम गरि १ सय ७६ युवालाई रोजगारी प्रदान गरिएको जानकारी गराईएको हो...