दुधेमा सुनचाँदी ब्यबसायी संघको सपथग्रहण

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६



  • दुधे,२६ जेठ । नेपाल सुनचाँदी ब्यबसायी संघ शिबसताक्षी शाखाको नयाँ कार्य समितिको सपथग्रहणसहित निर्वाचित प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार दुधेमा एक कार्यक्रमका वीच नयाँ कार्यसमितिहरुलाई सपथग्रहणसहित निर्वाचित प्रमाणपत्र प्रदान गरिएको गठित निर्वाचन समितिका संयोजक गोविन ल्वागुनले जानकारी दिए ।


    गत बैशाख ३१ गते सम्पन्न संघको दोस्रो अधिबेशनबाट टेकबहादुर सुञ्चिउरीको अध्यक्षतामा ११ कार्यसमिति सर्बसम्मत चयन गरिएको थियो । गठित समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण खरेल, उपाध्यक्षमा तेजबहादुर लाम्गादे, सचिबमा हरिशंकर सिलवाल, सहसचिबमा बिजय पोर्तेल, कोषध्यक्षमा रोमन लाम्गादे र सदस्यहरुमा कमला बाराकोटी,बिरेन लकान्द्री, नगिन खाती,राज कार्की र रामकृष्ण कटुवाल चुनिएका थिए ।
    नेपाल सुनचाँदी ब्यबसायी महासंघ झापा शाखाका उपाध्यक्ष टोलबहादुर सुनारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघलाई योगदान गर्ने पूर्व कार्यसमितहरुलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

    यसरी सम्मानीत हुनेमा संस्थापक अध्यक्ष मोहन सुञ्चिउरी, सहसचिब सन्त पोर्तेल, र सदस्य भरत पोर्तेल लगायत रहेका छन ।शनिबार नै कार्यसमितिको पहिलो बैठक बसी बिभिन्न निर्णयहरु पारित गरेको छ । संघको पहिलो बैठकले संस्थापक अध्यक्ष मोहन सुञ्चिउरीको संयोजकत्वमा खड्ग पोर्तेल र भरत पोर्तेल रहेको तीन सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको संघका सचिब सिलवालले बताए ।
    त्यसैगरि पहिलो बैठकबाटै बिशिष्ठ सदस्यमा सन्त पोर्तेल, सदस्यहरुमा पदम दर्नाल र मानेन्द्र थेबेलाई मनोनयन गरिएको सचिव सिलवालले जनाएका छन् ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology