जातीय विकासका लागि राजवंशी जनप्रतिनिधिहरु एकजुट

जिल्लामा कमल र बुद्धशान्ति गाउँपालिका तथा दमक र अर्जुनधारा नगरपालिकामा राजवंशी जनप्रनितिधि रहेका छैनन् । झापाका ७ सय २३ जना जनप्रतिनिधिमा राजवंशी जातिका ५० जना जनप्रतिनिधि छन् । जसमा एक अध्यक्ष, दुई उपाध्यक्ष, १२ जना वडाध्यक्ष, २९ जना वडा सदस्यमा निर्वाचित भएका थिए भने ५ जना मनोनित भएका थिए ।

हाम्रो दमक

घैलाडुब्बा, जेठ २५ । विगतको साख जोगाउँदै जातीय विकासका लागि एकताबद्ध भएर अघि बढ्ने झापा जिल्लामा निर्वाचित राजवंशी जनप्रतिनिधिहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । उनीहरुले भविष्यबारे चिन्ता व्यक्त गर्दै संगठित हुनैपर्नेमा जोड दिएका छन् ।
राजवंशी जातिको निर्वाचित जनप्रतिनिधिहरुको पहिलो पटक आज शनिबार कनकाई नगरपालिका ९ घैलाडुब्बामा भएको भेलाले जातीय हकहितको लागि एकआपसमा समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

प्रदेश सभामा निर्वाचित झापाका एक मात्र राजवंशी जनप्रतिनिधि पूर्णसिंह राजवंशीले पुरातन सोच बदल्न सकेमात्र परिवर्तन हुने बताए । उनले एकताबद्ध हुँदै लक्ष्य निर्धारण गर्न सके जातीय विकासमा सहयोग पुग्ने धारणा राखे । उनले भने,‘राजवंशी रातिको विकासका लागि योजना, नीति र भिजनसहित अगाडि बढ्नुपर्छ ।’
बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले आफूहरुको राजनीतिक अस्तित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे । उनले २० बर्ष अघिको राजवंशीहरुको राजनीतिक अवस्थालाई स्मरण गर्दै भने,‘अहिले यो दुरावस्था छ । अबको २० बर्ष पछि झन के हुन्छ होला ?’ उनले भविष्यमा राजवंशीले टिकटनै पाउन गाह्रो पर्ने अवस्था आउन सक्ने आशंका व्यक्त गरे । बाह्रदशीकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले जातीय विकासका लागि राजवंशी जनप्रतिनिधिबीच कुनै विवाद भए समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको बताइन । उनले पार्टीगत रुपमा फरक भएपनि जातीय रुपमा एक हुनुपर्ने बताइन ।

कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले भूमिपुत्र राजवंशीहरुको संरक्षण र संवद्र्धनका लागि झापाका हरेक स्थानीय तहले अनिवार्य बजेट विनियोजन गर्नुपर्ने माग गरिन । उनले स्थानीय तहमा जातीय विकासका लागि राजवंशी जातिले ठोस पहल गर्नुपर्ने बताइन । भेलामा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल र हल्दिबारी गाउँपालिका तथा भद्रपुर, मेचीनगर, बिर्तामोड, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकामा निर्वाचित ५० जना राजवंशी जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

जिल्लामा कमल र बुद्धशान्ति गाउँपालिका तथा दमक र अर्जुनधारा नगरपालिकामा राजवंशी जनप्रनितिधि रहेका छैनन् । झापाका ७ सय २३ जना जनप्रतिनिधिमा राजवंशी जातिका ५० जना जनप्रतिनिधि छन् । जसमा एक अध्यक्ष, दुई उपाध्यक्ष, १२ जना वडाध्यक्ष, २९ जना वडा सदस्यमा निर्वाचित भएका थिए भने ५ जना मनोनित भएका थिए ।
भेलाले राजवंशी जनप्रतिनिधिहरुको जिल्ला सञ्जाल गठन गरेको छ । बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीको अध्यक्षतामा २५ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा जिल्ला समन्वय समितिका सदस्य महिशलाल राजवंशी, सचिवमा कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी, सहसचिवमा गौरीगञ्ज गाउँपालिका १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी र कोषाध्यक्षमा कनकाई नगरपालिका ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी रहेका छन् ।
सदस्यहरुमा बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशी, ३ नम्बर वडाध्यक्ष बीरेन्द्र राजवंशी, भद्रपुर नगरपालिका ४ का वडाध्यक्ष हंशधर राजवंशी, ९ नम्बरका वडाध्यक्ष शनिलाल राजवंशी, हल्दिबारी गाउँपालिका २ का वडा सदस्यहरु खकेन राजवंशी र सुकलाल राजवंशी, झापा गाउँपालिका ५ का वडाध्यक्ष दिनेशप्रसाद राजवंशी, वडा सदस्य विजयप्रसाद राजवंशी, कचनकवल गाउँपालिका ३ का वडाध्यक्ष विजय राजवंशी, ७ नम्बर वडाध्यक्ष भरत राजवंशी, कनकाई नगरपालिकाका कार्यपालिका सदस्य चुवालाल राजवंशी, गौरीगञ्ज २ का अघनुप्रसाद राजवंशी, बिर्तामोड नगरपालिका ३ का वडा सदस्य पूर्ण राजवंशी, वडा नम्बर ९ का वडा सदस्य दिलकुमारी राजवंशी, कार्यपालिका सदस्य सुरेन राजवंशी, गौरादह नगरपालिकाका कार्यपालिका सदस्यहरु जलबर्षा राजवंशी र पक्टुलाल राजवंशी, मेचीनगर नगरपालिकाका १३ नम्बर वडा सदस्य ऋषि राजवंशी, १५ नम्बर वडा सदस्य बृखलाल राजवंशी र शिवसताक्षी नगरपालिका ५ का वडाध्यक्ष सत्यनारायण राजवंशी रहेका छन् ।
त्यस्तै प्रदेश सभा सदस्य पूर्णसिंह राजवंशीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सहसंयोजकमा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी तथा सदस्यहरुमा पत्रकारहरु इन्द्रसिंह राजवंशी, अर्जुन राजवंशी र पवन राजवंशी रहेका छन् । त्यस्तै सञ्जालका पदाधिकारी र सल्लाहकार समितिका संयोजक र सहसंयोजक रहेको ७ सदस्यीय सचिवालय पनि गठन गरिएको छ । कार्यक्रम कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रले आयोजना गरेको थियो । केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यमाथि पत्रकार इन्द्रसिंह राजवंशीले प्रकाश पारेका थिए । स्वागत मन्तव्य केन्द्रका सचिव जयप्रसाद राजवंशीले गरेको कार्यक्रमको सञ्चालन पत्रकार अर्जुन राजवंशीले गरेका थिए ।

शनि, जेष्ठ २५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

दमकमा मोटरसाईकल चोरीको घटना बढ्यो

दमक,५ असार । केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक ,वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो ।साता दिन यता दमकमा विभिन्न किसिमका ४ वटा मोटरसाईकल चोरी भएको प्रहरीमा उजुरी...

पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने

पाडाजुंगी,४ असार । कमल गाँउपलिका ५ स्थित पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने भएको छ । पूराना आइलैण्डलाई थप व्यवस्थित गर्न धमाधम निर्माण कार्यभईरहेको वडाध्यक्ष डम्बर वहादुर निरौलाले बताए । वडा कार्यालयसहित स्थानीय उपभोक्ताहरुको साझेदारीमा आइलैण्ड वनाउने...

ट्राफिक प्रहरी दमकलाई नयाँ गाडी

दमक,४ असार । दमकको ट्राफिक प्रहरीसहित प्रहरी कार्यालय गौरादहमा नयाँ गाडी आएको छ । प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाले दमकको ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गौरादहलाई एक। एक वटा गाडी उपलब्ध गराएका...

मिडिया काउन्सिल विधेयकको विरोधमा हस्ताक्षर

दमक,४ असार । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा आन्दोलनरत नेपाल पत्रकार महासंघको घोषित कार्यक्रम अन्तर्गत दमकमा पनि हस्ताक्षर अभियान शुरु भएको छ । स्थानीय वरपिपल चौंकमा बुधबार एक कार्यक्रम गरि हस्ताक्षर अभियान...

पूर्व विद्यार्थी समाजको अध्यक्षमा पौड्याल

शान्तिनगर । झापाको बुद्धशान्तिस्थित शान्ति आदर्श माविमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । पूर्व विद्यार्थीको भेलाले शिवकुमार पौड्यालको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरेको हो । पौड्याल सो विद्यालयका पूर्व विद्यार्थीका साथै पूर्व प्रधानाध्यापक...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

 पत्रकार महासंघको हस्ताक्षर अभियान

झापा, ३ असार । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले आजबाट देशब्यापी हस्ताक्षर संकलन अभियान सुरु भएको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत मिटिया काउन्सिल विधेयक फिर्ता गर्न माग...

अन्तत: गुठी विधेयक फिर्ता

काठमाडौं ,३असार । सरकारले विवादस्पद गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक स्थगन गरिएको जानकारी दिएकी हुन्। गुठी विधेयकलाई लिएर...