बिर्तामोड गोल्डकप : पूर्वेली युथ क्लब फाइलनमा


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६


  • बिर्तामोड, जेठ २५ । प्रथम बिर्तामोड गोल्डकपको आज शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । हल्दिबारीको जलथल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली युथ फाइनलमा प्रवेश गरेको हो ।

    दोस्रो हाफको तेस्रो मिनेटमा गोलपोस्ट नजिकै जलथलका खेलाडी अभिषेक लिम्बूको हातमा गोलले छोएपछि पूर्वेलीले पेनाल्टी पाएको थियो । पूर्वेलीका कप्तान बिक्की चौधरीले प्रहार गरेको पेनाल्टी किक नै जीतका लागि निर्णायक बन्यो ।
    खेलको म्यान अफ दि म्याच पूर्वेली युथका दिवस उराव घोषित भए । उनलाई बिर्तामोड ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन र सदस्य डिआर कडरियाले नगद तीन हजार रुपैयाँ प्रदान गरे ।
    रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष राजकुमार विश्वकर्माले जनाएका छन् । भोलि आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक रेड स्टार फुटबल क्लब र सुनसरीको पाञ्चायन फुटबल क्लबबीच हुनेछ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology