मोटरसाइकल एक आपसमा ठोकिएर एकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६



  • दमक ,२५ जेठ । मोटरसाइकल एक आपसमा ठोकिएर झापामा आज एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरादह नगरपालिका ५ बस्ने ३० वर्षीय टेकनाथ घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
    विर्तामोड २ स्थित रामचोकमा बिहान १० बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को १ च ६२१९ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको को ११ प ६३३७ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाईकलसंग ठोक्किदा दुवै मोटरसाईकलमा सवार ४ जना गम्भीर घाईते भएका थिए ।
    घाईतेहरुलाई उपचारको लागि तत्काल बिर्तामोडकै बिएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा ६३३७ नम्बरको मोटरसाईकल चालक घिमिरेको दिउँसो १२ वजे मा मृत्यु भएको जिप्रका झापाले जनाएको छ । दुर्घटनामा परेर सोही मोटरसाईकलको पछाडी सवार गौरादह ४ की ३१ बर्षीया यमुना देवी न्यौपाने, मे १० प ५१९९ नम्बरका मोटरसाईकल चालक दमक १० का २० बर्षीय जिवन भण्डारी र सोही मोटरसाइकलको पछाडी सवार दमक ९ का २३ बर्षीय कर्म उरावको सोही अस्पतालमा उपचार भईरहेको जनाईएको छ । दुर्घटनामा को १ च ६२१९ नम्बरको कारमा समेत सामन्य क्षति भएको छ भने तीन वटै सवारी साधन ईलाका प्रहरी कार्यालय विर्तामोडको नियन्त्रणमा रहेका छन् ।
    दुर्घटना परी गौरादह ५ की ३१ वर्षीया यमुनादेवी न्यौपाने, दमक ९ का २० वर्षीय जीवन भण्डारी र २३ वर्षीय कर्म उराउ घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
    विर्तामोडमा आज विहान १० वजे तिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ६२१९ नम्बरको कारलाई पूर्वबाट पश्चिम तर्पm आउँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । ६३३७ नम्बरको मोटरसाइकलले को १ च ८२१९ नम्बरको कारलाई ओभरटेक गर्न खोज्दा अर्को मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ६३३७ नम्बरको मोटरसाइकल चालक घिमिरेको मृत्यु भएको हो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology