दमकमा ज्येष्ठ पौड्यालहरु सम्मानित

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६



  • दमक,२५ जेठ । झापाको दमकमा आज पौड्याल वंशोद्धार दमक नगर समितिले तेस्रो अधिवेशन तथा उत्तरायण गोठपूजाको अवसर पारेर पौड्याल वंशका ज्येष्ठहरुलाई सामूहिक सम्मान गरेको छ । दमक ७ स्थित लेखनाथ मार्गमा रहेको पौड्याल वंशोद्धार केन्द्रीय समितिको निर्माणाधिन भवनमा आयोजित कार्यक्रममा दमक ८ का ९९ बर्षिय नरबहादुर पौडेल, दमक ३ की ९४ बर्षिया धनमाया पौडेल, ९३ बर्षिय हरिनारायण पौडेल, दमक ७ की ९० बर्षिया लक्ष्मीमाया पौडेल दमक ६ का ८८ बर्षिय केदारनाथ पौडेल, दमक ७ का ८६ बर्षिय गंगा बहादुर पौडेल र ८५ बर्षिया हर्कमाया पौडेललाई नगद, सम्मान पत्रसहित खादा ओढाएर सम्मान गरिएको हो ।


    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पौड्याल वंशोद्धार समितिका केन्द्रीय अध्यक्ष लोकनाथ पौड्याल, पूर्व अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भीम प्रसाद पौडेल, विशेष अतिथीहरु प्रथम उपाध्यक्ष प्रल्हाद पौड्याल, उपाध्यक्ष सुरेश कुमार पौडेल, महासचिव युवराज पौडेल, कोषाध्यक्ष, शशिराज पौडेल, केन्द्रीय सदस्य रामकुमारी पौडेल, पूर्व कोषाध्यक्ष मन्दरा पौडेल, दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ज्ञाननाथ (ज्ञानु ) पौडेल लगायत अतिथीहरुले सम्मान गरेका हुन् ।
    सो अवसरमा पौड्याल वंशका कूल गुरु जगन्नाथ पौडेलले गोठधुप पूजाको महत्व र भातृत्व एकताका बिषयमा प्रकाश पारेका थिए । नगर समितिका कार्यवाहक अध्यक्ष बुद्धिमान पौडेलको सभापतित्वमा शुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रमका वक्ताहरुले शुभकामना मन्तव्य संगै निर्माणाधिन पौड्याल वंशोद्धार केन्द्रिय समितिको भवन निर्माणलाई यथाशक्य छिटो पूर्णता दिनुपर्नेमा सामुहिक जोड दिए ।
    सो भवन निर्माणमा हाल सम्म पौड्याल वन्धुहरुबाट करिब २२ लाख रुपैयाँ सहयोग प्राप्त भई निर्माणाधिन अवस्थामा रहेकाले थप बजेट आवश्यक परेको कार्यवाहक अध्यक्ष पौडेलले बताए । अधिवेशनमा समितिको बार्षिक गतिबिधि, संगठनात्मक अवस्था, भावी योजना तथा कार्यक्रमहरु र आय व्यय विवरण समेत समेटिएको प्रतिवेदन अध्यक्ष बुद्धिमान पौडेलले प्रस्तुत गरेका थिए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology