अनाथ खोज्दै दमकको अनाथ बृद्धाश्रम

आश्रम सञ्चालनका लागि १० कोठाको आश्रम पक्की भवनसहित शौचालय, सभाहल ,स्नान गृह जस्ता आवश्यक पूर्वाधार निर्माणले पूर्णता पाएको लगभग एक बर्ष भईसकेको छ । कम्तिमा ४० जना अनाथ राख्ने क्षमता आश्रममा छ भने उनीहरुको भोजनका लागि समेत पर्याप्त जोहो गरिसकेका छन् ।

हाम्रो दमक

दमक, २५जेठ । झापाको दमक ९ मा १५ बर्ष अघि परिकल्पना गरी स्थापना भएको अनाथ बाल बृद्धाआश्रम भवनमा एक जना पनि अनाथ,असहाय छैनन् । करिव २ विगाहा १० धुर जमीनमा वर्षदिन अघि आश्रम सुविधासम्पन्न बनेको छ, तर आश्रममा लक्षित वर्गले सेवा लिन पाएका छैनन् ।

घर परिवारबाट अपहेलित भएका , आफन्त वा छोराछोरी नभएका बृद्धबृद्धा, असहाय बनेका अनाथ बालबालिकाहरुलाई आवासीय सुविधासहित संरक्षण गर्ने उद्देश्यले गत माघदेखि सञ्चालनमा आएको घोषणा गरिएको सो आश्रमले सेवा लिने लक्षित वर्ग पाउन सकेका छैन् ।

आश्रम परिसरमा अनाथ तथा बालबृद्धाश्रम खोजी गर्दे सरोकारवालाहरु (फोटो : फायल )

आश्रमकी संस्थापक मध्येकी एक स्थानीय महिला नेतृ मन्दरा पौडेलले आश्रमको उद्देश्य अनुसार आश्रममा बस्ने बालबालिका वा वृद्ध्बृद्धा कोहि नभेटिएको बताउछिन् । उनले आश्रममा चाहिने सबैकुराको बन्दोबस्ती गरिएपनि उद्देश्य अनुरुप सञ्चालन गर्न लक्षित वर्ग नहुदाँ समस्या भएको वताईन् । उनले भनिन् ,–‘ आश्रममा बृद्धबृद्धा खोजे पनि अहिलेसम्म भेटिएको छैन् ।’ आश्रमका संस्थापक तथा सामाजिक अभियान्ताहरु पनि आश्रममा बस्न चाहने लक्षित मानिस खोजी गर्दै हिंडेको समेत पौडेलले सुनाइन् ।

आश्रमकी अध्यक्ष सुमित्रा प्रसाईका अनुसार २०६० माघ २ गते पहिलो पटक त्यहाँ महायज्ञ आयोजना गरेर आश्रमका लागि चाहिने जग्गा र भौतिक संरचना बनाउने योजना बनाइएको थियो । महायज्ञ मार्फत आश्रम निर्माणका लागि दाताहरुले केहिले जग्गा दिए, कसैले पैसा नै दिए भने कतिपय दाताले जिन्सी नै सामाग्री दिएका थिए । २०६४ सालमा त्यहाँ भवन निर्माण शुरु भयो स्थानीय सामाजिक व्यक्तित्व जगत बोहोराले निर्माण समितिको नेतृत्व गरे । आश्रम बनाउनकै लागि स्रोत जुटाउन दुई पटक सम्म महायज्ञ लगाईएको अध्यक्ष प्रसाईले वताईन् ।

उनले आश्रममा वस्ने लक्षित वर्ग खोज्न पटक पटक छलफल गरिएपनि बस्ने मान्छेका अभावले नियमित सञ्चालन गर्न समस्या आएको वताईन् ।
उनका अनुसार आश्रम सञ्चालनका लागि १० कोठाको आश्रम पक्की भवनसहित शौचालय, सभाहल ,स्नान गृह जस्ता आवश्यक पूर्वाधार निर्माणले पूर्णता पाएको लगभग एक बर्ष भईसकेको छ । कम्तिमा ४० जना अनाथ राख्ने क्षमता आश्रममा छ भने उनीहरुको भोजनका लागि समेत पर्याप्त जोहो गरिसकेका छन् । तर पनि त्यस्ता लक्षित वर्ग पाउन मुश्किल भएको उनले सुनाईन् । त्यहाँ कम्तीमा रु १ करोड ५० लाख बराबरको भौतिक संरचना तयार भएको छ । जग्गा र सो आश्रम संरचनाको चलनचल्ती मूल्य करोडौं माथिको छ ।

आश्रम परिसरमा वृद्धवृद्धाहरुलाई पूजापाठ गर्न सहयोग पुगोस भनेर दाता भवानी मिश्रले करिव रु ७ लाख ८० हजार रुपैयाँको खर्चमा दुर्गा मन्दिर निर्माण समेत गरिदिनुभएको छ । मन्दिर समेत निर्माण पछि नियमित सञ्चालनमा आउन सकेको छैन् ।

आश्रमकी पूर्व सचिव समेत रहेकी सल्लाहकार मिना कोइरालाले आश्रममा लक्षित वर्ग नपाउदाँ आश्रमका करौडो मूल्यका जायजेथा उपयोगविहीन वनेको वताउदै सवै मिलेर उपयोगमा ल्याउनु पर्ने वताउछिन् । आश्रममा आमा बाबु नभएका, वेवारिसे बालबालिका तथा ७५ बर्ष उमेर काटेका सहाराबिहिनहरुलाई आश्रय दिने लक्ष्य राखिएको थियो,त्यसलाई उपयोगमा ल्याउन सवै जुट्नु पर्ने उनको भनाई छ ।

निजी प्रयासमा बृद्धबृद्धाको हेरचाह

आश्रमदेखि २ किलोमिटर उत्तर दमक ४ मा एक परिवारले निजी खर्चमा स्थापना गरेको रत्न बृद्ध ज्येष्ठ नागरिक सेवा केन्द्र आश्रममा असहाय बृद्धबृद्धाहरुको आर्कषण वन्दै गएको छ ।

पाँच वर्षदेखि सञ्चालनमा आएको उक्त आश्रममा ३ महिलासहित ८ जना ज्येष्ठ असहायले संरक्षण पाईरहेका छन् । दमकको चियाबगान नजिकै रहेको सो आश्रममा रहेका बृद्धबृद्धाहरुलाई बेलायतमा रहेको सैनिक तथा नर्सिङ पेशामा आवद्ध मन सुनुवारको परिवारले सम्पूर्ण व्यवस्थापन खर्च ब्यहोरेर संरक्षण गरिरहेका हुन् । आफना दिवंगत पितृको स्मृतिमा स्थापना गर्नुभएको सो आश्रम संस्थापकसहित स्थानीयहरुको सरसहयोगले सञ्चालनमा रहेको आश्रमकी सञ्चालिका आरजु सुनुवारले वताईन् ।

शनि, जेष्ठ २५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...