झापामा ३ दिनसम्म भानु जयन्ती मनाइने

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६



  • झापा,२५ जेठ । २०५ औँ आदिकवि भानु जयन्ती झापामा ३ दिनसम्म धुमधामका साथ मनाउने तयारी भएको छ । झापाको मेचीनगरमा भानु साहित्यिक प्रतिष्ठानले आगामी असार २७, २८ र २९ गते विविध कार्यक्रमका साथ भानु जयन्ती मनाउने तयारी गरेको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताए ।

    उनका अनुसार २७ गते मेचीनगर क्षेत्रभित्र माविस्तरीय प्रतियोगितात्मक कवि गोष्ठी हुने छ । गोष्ठीमा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार तथा १ हजार प्राप्त गर्नेछन् । सोही दिन नगरभित्रका क्याम्पसस्तरीय हुने प्रतियोगितात्मक कवि गोष्ठीका विजेताले पनि माविस्तरीयका विजेताले पाएकै रकम पुरस्कार पाउने बताइएको छ ।

    यसैगरी, २८ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कविले प्रतियोगितात्मक रचना पाठ गर्नेछन् । यसमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार तथा सान्त्वनाले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । असार २९ गते भानु जयन्तीका दिन प्रभातफेरीका साथै आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बलिहाङको शालिकमा माल्यापर्णसहित साहित्यिक चर्चा तथा पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिने बताइएको छ ।

    यसै वर्षदेखि विभिन्न तीनवटा प्रतिष्ठानले स्थापना गरेका पुरस्कार समेत एकसाथ प्रदान गरिने भएको छ । भानु साहित्यिक प्रतिष्ठान, कृष्ण– पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज– मेदनी खरेल प्रतिष्ठान एक ठाउँमा मर्ज भएपछि पुरस्कार समेत एकै दिन प्रदान गर्ने बताइएको छ ।

    यसवर्षको भानु साहित्यिक पुरस्कार साहित्यकार चुडामणि रेग्मीलाई प्रदान गरिने भएको छ । हरेक वर्ष भानु जयन्तीमा भानु साहित्यिक प्रतिष्ठानले नगद १ लाख १ हजार रुपैयाँ राशीको सो पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष उप्रेतीले बताए ।

    भानु प्रतिभा पुरस्कार साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । उक्त पुरस्कारको राशी नगद १५ हजार र कदरपत्र रहेको छ । यी दुई पुरस्कार भानु साहित्यिक प्रतिष्ठानले स्थपना गरेको हो ।

    यसैगरी, ५१ हजार रुपैयाँ राशीको धनमाया–पवित्रा स्मृति पुरस्कार गायक जीवन शर्मालाई तथा सोही रकमको टीकाराम– जानुका खरेल साहित्यिक पुरस्कार स्रष्टा राम धामीलाई प्रदान गरिने भएको छ । धनमाया–पवित्रा स्मृति पुरस्कार कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा टीकाराम जानुका खरेल स्मृति पुरस्कार हेमराज—मेदनी खरेल प्रतिष्ठानले स्थापना गरेको पुरस्कार हो ।

    भानु साहित्यिक प्रतिष्ठान, कृष्ण– पवित्रा प्रतिष्ठान तथा हेमराज– मेदनी प्रतिष्ठानको संयुक्त छनोट समितिको बैठकले स्रष्टाको नाम सिफारिश गरेको थियो ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology