डेंगुको संक्रमण नियन्त्रणमा प्रदेश सांसदहरुको चासो

सुनसरीमा तीन सातायता फैलिएको डेंगुको प्रकोप अझैसम्म नियन्त्रणमा आउन सकेको छैन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार संक्रमितको संख्या १८५ पुगेको छ । दिनप्रतिदिन डेंगुको संक्रमण बढ्दै गएपछि प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल नियन्त्रणको कदम चाल्न निर्देशन दिएको छ ।


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २४, २०७६


  • धरान,२४ जेठ । सुनसरीको धरानमा देखिएको डेंगुको संक्रमण मोरङमा पनि देखिन थालेको भन्दै प्रदेश सांसदहरुले चासो प्रकट गरेका छन् । धरान उपमहानगरपालिका– १५ मा गत बैसाख ३१ गते देखिएको डेंगु सुनसरीका इटहरी, रामधुनीसंगै मोरङमा पनि देखा परेको प्रदेश १ को संसदीय समितिले दाबी गरेको छ ।


    सुनसरीमा तीन सातायता फैलिएको डेंगुको प्रकोप अझैसम्म नियन्त्रणमा आउन सकेको छैन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार संक्रमितको संख्या १८५ पुगेको छ । दिनप्रतिदिन डेंगुको संक्रमण बढ्दै गएपछि प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल नियन्त्रणको कदम चाल्न निर्देशन दिएको छ ।
    डेंगु प्रभावित क्षेत्रको अनुगमनपछि फर्किएपछि समितिले सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई तत्काल नियन्त्रणको कदम चाल्न निर्देशन दिएको हो ।
    डेंगुको संक्रमण इटहरी, रामधुनीसंगै मोरङको सुन्दरहरंैचा नगरपालिकामा पनि देखिएको अनुगमनमा गएका सांसदहरुको दाबी छ ।
    संक्रमण फैलँदै गएपछि नियन्त्रण, रोकथाम र सर्तकताका लागि कदम चाल्न निर्देशन दिएको सामाजिक विकास समितिकी सभापति सरिता थापाले जानकारी दिईन् ।

    डेंगु नियन्त्रण गर्न कांग्रेसको माग

    धरानमा डेंगुको महामारी फैलिएपछि यसलाई नियन्त्रण गर्न नेपाली कांग्रेस धरानले धरान उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
    उपमहागरपालीकाले डेंगु नियन्त्रणमा प्रभावकारी व्यवस्था गर्न नसक्दा केही समययता धरानको स्वास्थ्यको छविमा प्रश्न चिह्न उठिरहेको कांग्रेसले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । डेंगुको विपत तत्काल रोक्न नसके धरानका आम नागरिकहरुमा महामारीको रुप लिने भन्दै सम्पूर्ण नागरिक त्रसित बनेको उक्त ध्यानाकर्षणमा जनाईएको छ ।
    कांग्रेस नगर सभापति तिलक राई, जिल्ला सदस्य अनिल श्रेष्ठ लगायतको उपस्थितिमा डेंगुको प्रकोप तिब्र गतिमा बढेकोले यसलाई समयमै नियन्त्रण गर्न सम्बन्धित पार्टीका नेता तथा कार्यकर्तालाई वडा, टोल टोलमा जनचेतना जगाउनका लागि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मन्जु भण्डारी सुवेदीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाईका हुन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology