दमकमा दुई दिने कौशी खेती तालिम

हाम्रो दमक

दमक जेठ २४ । वडाबासीलाई कौंशी खेती सम्बन्धी जानकारी गराउन उद्देश्यले दमक ५ वडामा आजदेखि दुई दिने तालिम शुरु भएको छ ।
भोलिसम्म सञ्चालन हुने तालिमको आज एक कार्यक्रमका वीच वडाध्यक्ष ईन्द्र गुरुङले उद्घाटन गरे । वडा भित्रका ५५ जना सहभागी तालिममा सहभागि छन् ।


तीब्र शहरी करणका कारण खेती गर्ने जमिन नहुँदा हरियो सब्जी किनेर खानु पर्ने बाँध्यतालाई अन्त्य गर्न शहरी क्षेत्रका घरको कौशीमै विभिन्न किसिमका तरकारी खेती लगाउन प्रेरित गर्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा सदस्य शरु परियारले जानकारी दिइन् ।
तालिममा दमक नगरपालिकाका वातावरण शाखा प्रमुख प्रकाश चौधरी र कृषि सम्बन्धीको क्षेत्रीय अनुसन्धान कार्यालय तरहराका कृषि विद मनिष कुमार ठाकुरले सहजीकरण गरिरहेका छन् ।
तालिमका क्रममा सहभागिहरुलाई भोलि धरान र इटहरीमा रहेको कौशी खेतीको समेत अवलोकन भ्रमण गराउने कार्यक्रम रहेको वडा सदस्य कृतिका भट्टराईले जानकारी दिइन् । तालिममा सहभागीहरुलाई कौशी खेती गर्न आवश्यक माटो, ट्रे र विभिन्न जातका तरकारीको बीउ समेत प्रदान गरिने उनले बताइन् ।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...