झापाका स्थानीय सरकारलाई दलहरुको सुझाव

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २४, २०७६



  • बिर्तामोड ,२४ जेठ । झापाका राजनीतिक दलका प्रमुख नेताहरुले स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा उत्पादनमुखी कृषि तथा उद्योग, सिपमुलक शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।


    आज बिर्तामोडमा भएको छलफलमा राजनीतिक दलका नेताहरुले स्थानीय सरकारका काम, कारवाहीको समीक्षासहित अब बन्ने नीति, कार्यक्रम र बजेटका लागि प्राथमिकता दिनुपर्ने विविध विषयबारे सुझाव दिएका हुन् । उनीहरुले स्थायी शान्ति, गुरुयोजनासहितको दिगो विकास र गरिबी न्यूनीकरण तथा सशक्तिकरणसहित समृद्धिलाई टेवा पुर्याउने नीति कार्यक्रम बनाउन सुझाएका छन् ।
    छलफलमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेकपा झापाका सचिव मणिकुमार साम्पाङले स्थानीय सरकारका कामको समिक्षासहित अब दिगो परिणाम दिने नीति कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
    त्यस्तै संघीय समाजवादी पार्टी नेपालकी जिल्ला उपाध्यक्ष संगीता रौनियार, राजपाका जिल्ला अध्यक्ष सूर्यनारायण गणेश, राप्रपाका जिल्ला सचिव केशवप्रसाद ओझा, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगरले समेत विविध विषयमा सुझाव राखेका थिए ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology