विश्वकप क्रिकेट: आज श्रीलंका र पाकिस्तान आमने सामने

हाम्रो दमक

एजेन्सी | सुरुवाती खेलबाट झड्का ब्यहोरेर पनि सम्हालिएको पाकिस्तान र श्रीलंका एकदिवशीय विश्वकप अन्तर्गत शुक्रबार आमने सामने हुँदैछन् ।

यो खेल इंग्ल्याण्डको ब्रिस्टोल काउन्टी मैदानमा नेपाली समयअनुसार शुक्रबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । ब्याटिङमा आश्चर्यजनक असफलताका बाबजुद श्रीलंकाले पछिल्लो खेलमा अफगानिस्तानलाई माथ दिएको थियो । त्यस खेलमा श्रीलंकाली टोली ९२–० को स्थितिबाट २०१ मा अलआउट भएको थियो ।

अफगानिस्तानविरुद्धको जितले सुरुआती खेलमा न्यूजिल्याण्डसँग ब्यहोरेको १० विकेटको हारबाट श्रीलंकाले राहत पाएको हो । दिमुथ करुणारत्नेको नेतृत्वमा रहेको टोली आफ्नो ब्याटिङ असफलताको भयबाट सावधान हुनुपर्नेछ । अफगानिस्तानविरुद्ध उसका मध्यक्रमका ४ ब्याट्सम्यान ५ रनको अन्तरमा पेविलियन फर्केका थिए ।

घरेलु टोली इंग्ल्याण्डबिरुद्ध १४ रनको रोमान्चक जित हासिल गरेर मनोबल उच्च बनाएपछि म्यान अफ द म्याच मोहम्मद अफिजले यस जितलाई ‘पूरा टिमको प्रयास’ भनेका थिए । वेष्ट इण्डिजबिरुद्धको खेलमा १ सय ५ रनमै समेटिएको पाकिस्तानको ब्याटिङपंक्तिले इंग्ल्याण्डविरुद्ध ३४८ रनको ठूलो योगफल बनाएको थियो ।

पाकिस्तानले पछिल्लो ११ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित निकालेको हो । ब्रिस्टोलको मौसम अधिकांश समय बदली भइरहन्छ । यो खेल पनि वर्षाले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । अभ्यास खेलमा वेष्ट इण्डिजले बनाएको ४२१ रनसमेत जोड्दा यस मैदानमा पछिल्लो १ महिनामा ३ पटक ३५० भन्दा बढी स्कोर बनेको छ ।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

बिर्तामोड गोल्डकप : पूर्वेली युथ क्लब फाइलनमा

बिर्तामोड, जेठ २५ । प्रथम बिर्तामोड गोल्डकपको आज शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । हल्दिबारीको जलथल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली युथ फाइनलमा प्रवेश...

कबड्डीमा झापा बन्यो प्रदेश च्याम्पियन

काँकरभिट्टा,२४ जेठ। लोप हुँदै गएको मानिने कबड्डी खेलमा झापा एक नम्बर प्रदेशकै च्याम्पियन बनेको छ । काँकरभिट्टामा भएको एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा झापा अन्य १३ जिल्लालाई पछि पार्दै च्याम्पियन बनेको हो । सामाजिक विकास मन्त्रालयको...

बिर्तामोड गोल्डकप : पूर्वेली युथ क्लब सेमिफाइनलमा

बिर्तामोड, जेठ २३ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको बिहीबारको खेलबाट पूर्वेली युथ क्लब बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चन्द्रगढीको मुनाल क्लबलाई ५–२ ले स्तब्ध पार्दै पूर्वेलीले...

सुनसरी अन्तिम चारमा

बिर्तामोड, जेठ २२ । यहाँस्थित प्रथम बिर्तामोड गोल्डकपको बुधबार भएको दोस्रो दिनको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै पाञ्चायन अन्तिम चारमा प्रवेश...

तेक्वान्दो र कबड्डी पुरुषको प्रदेशस्तरीय प्रतियोगिता सुरु

बिर्तामोड । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो तथा कबड्डी पुरुष प्रतियोगिता मंगलबारदेखि काँकरभिट्टामा सुरु भएको छ ।एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु तीन दिवशीय सो प्रतियोगिताको उद्घाटन प्रदेश साँसद् श्रीप्रसाद मैनालीले गरेका छन्...

संन्यास लिनु अघी देशका लागी केहि गरेरै छोड्छु: मेसी

एजेन्सी | अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती संन्यास नलिने पनि...

क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा आज लिभरपुल र टाेटनह्याम भिड्दै

काठमाडौँ | युरोपियन क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि आइतबार राति प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी लिभरपुल र टोटनह्याम भिड्दैछन् । प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि चुकेको लिभरपुललाई यो सिजन अर्काे उपाधि जित्ने...

खेलकुद बिकासका लागी कानुन बनाउने : मन्त्री कार्की

दमक,१४ जेठ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले खेलकुदको समग्र बिकासका लागी प्रदेश सरकार कानुन बनाउने प्रक्रियामा रहेको बताएका छन् । दमकमा सञ्चालित दमक नगर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको...

मेचीनगरमा पहिलो पटक खेलकुद महोत्सव हुने

मेचीनगर,१३ जेठ । झापाको मेचीनगरमा प्रथम मेचीनगर खेलकुद महोत्सव हुने भएको छ । मेचीनगर नगर स्तरीय खेलकुद विकास समितिले सोमवार यहाँ पत्रकार सम्मेलन आयोजना गरी जेठ १५ गते बुधबारदेखि जेठ २३ गतेसम्म हुने महोत्सवको...