बलिउडकी चर्चित गायिका नेहा कक्कर भोलि पहिलो पटक सांगीतिक प्रस्तुतिका लागी नेपाल आउदै

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २४, २०७६



  • काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्करले जेठ २५ गते पहिलो पटक काठमाडौंमा आफ्नो प्रस्तुति दिँदै छिन् । सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक उनी काठमाडौं आउँदै छिन् ।

    जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कर लाइभ’मा नेहाले आफ्ना लोकप्रिय गीत संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्स (एलओडी) मा प्रस्तुत गर्न लागेको छ ।

    ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउन गायिका कक्कड जेठ २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउनेछिन् ।

    आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलका अनुसार, कन्सर्टमा नेहाको ब्याण्डका संगीतकर्मी तथा यो सिजनको इण्डियन आइडलका टप टेन प्रतिस्पर्धीसहित १८ जना संगीतकर्मीहरूको समूहले आफ्नो सानदार प्रस्तुति दिनेछन् । भारतीय गायिका नेहा कक्कड लाइभमा नेपाली गायक गायिकाहरूको पनि सहभागिता रहनेछ ।

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology