विदेशीहरु भन्छन्, “कुकुर संग्रहालय खोल्नुस्, आम्दानी बढाउनुस्”

सान नेपाल

   भारतको केरेला राज्य सरकारद्धारा सञ्चालित कुकुर पुनस्र्थापना केन्द्रमा घरवार विहिन भएका कुकुरहरु संग्रह गरि राखिएको छ । “सुरक्षित पर्यटकिय गन्तव्य मानिने र रोजगारीको निकै धेरै अवसर सृजना गर्न सकिने भएकोले विकाशन्मुख राष्ट्रले स्ट्रे डग (छाडा छोडिएका कुकुर) को महत्व बुझनु जरुरी छ ।”

“हामीले गर्न सक्ने केही पनि छैन, पशुपंक्षी अधिकार संरक्षकहरुले विरोध जनाएको कारण राज्यले कुकुर मार्न नपाईने प्रावधान ल्याएकोले भुस्याहा कुकुर नियन्त्रणमा समस्या भएको छ” – जनप्रतिनिधी वा कुनै पनि ओहोदाका बरिष्ठ कर्मचारीलाई सवाल गर्दा यही जवाफ पाईन्छ । अझ जनप्रतिनिधीले त कुकुरलाई सुटुक्क विष ख्वाएर मानुस् न भन्ने सल्लाह दिने गरेको पनि पाईन्छ ।

स्थानिय निकायको बजेटमा सडक कुकुरको नियन्त्रण गर्न भनेर कुनै बजेट विनियोजन भएको पाइदैन । निर्वाचित जनप्रतिनिधीले हामी बाट केही हुन सक्दैन तपाँईहरुलाई जे गर्दा ठिक लाग्छ त्यही गर्नुहोस् तर मार्नको लागी अनुमती छैन भन्न मिल्छ मिल्दैन त्यो वहाँहरुलाई नै थाहा होला । भयावह रुपमा बढिरहेको सडक कुकुरको समस्या लाई सरोकारवाला निकायहरुको मौनताले जित्न सक्छ भन्नु गलत हो । दिर्घकालिन निकासको लागी वैकल्पिक उपायहरु अवलम्वन गर्नु पर्छ भन्ने कुरालाई कसैले पनि गलत हो भन्ने छुट छैन ।

कमसेकम आम जनप्रतिनिधी द्धारा विद्यमान समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर वौद्धिक समाज संग सल्लाह र परामर्स समेत लिन किन चाहना गरिदैन ? अधिकारकर्मी द्धारा काठमाण्डौमा नारा जुलुस गरेर तत्कालिन मन्त्रिमण्डललाई दवाव दिए पछि कुकुरहरु सडकमा खुलेआम हिड्न थाले । मनिङ्वाकमा हिडेको मान्छेलाई कुकुरले टोक्छ भन्ने त्रास, टाट्नोमा वाधिएको खसीलाई कुकुरले टोकेर रेबिज लाग्ला भन्ने त्रास । कुकुर द्धारा आतंकित छन् मानिसहरु । आखिर लक्ष विहिन प्रकृतिको कार्यको किनार कहिले लाग्ला ?

समग्रमा अधिकारकर्मीले कुकुरलाई न्याय प्रदान गरेर पशुपंक्षीको संरक्षणमा महत्वपुर्ण उपलब्धी हासिल गरेका छन् । पशुअधिकारकर्मीहरु घरवार विहिन भएका कुकुर प्रति निकै चिन्तित भएको पाईन्छ । कुकुरहरुको आप्mनै संसार हुन्छ भन्ने मान्यता उनिहरुको देखिन्छ । उनिहरुको आसय अवस्य पनि कुकुरले रेविज पैmलाउदैन वा कुनै पनि प्रकारको रोग सार्दैन भन्ने अवस्य पनि होइन होला । तर अधिकार संरक्षकले कुकुरबाट हुने समस्याको दिर्घकालिन समाधान खोज्ने उपाय भने अवलम्वन गर्न कोसिस गरेको देखिदैन ।
कुकुरलाई कसरी व्यवस्थित गरिएको छ भन्ने सम्वन्धमा भारत लगायतका मुलुकहरुमा अवलम्वन गरिएका उपायहरु उल्लेख गर्नु वान्छनिय देखियो । भारतको केरेला राज्यले घरवार विहिन कुकुरहरुको नियन्त्रण गर्न कुनै सम्भावना देखेन । सडक कुकुर नियन्त्रण गर्ने अनेकौ प्रयास असफल भएपछी केरेला सरकारले एनिमल वर्थ कन्ट्रोलिङ् (ए.बि.सी.) कार्यक्रम अर्थात स्थायी वन्ध्याकरण गरी सडकमा यत्रतत्र हिड्ने कुकुरलाई नियन्त्रण गर्ने कार्यक्रम प्रभावकारी ढंगले लागु गर्न कोसिस ग¥यो तर कुकुरको संख्या घटेन ।

संख्या नघट्नुमा कुकुर प्रेमीहरुमा आएको कुकुर परिवर्तन गरेर पाल्ने परम्परा विकसित हुदै गएको केरेला सरकारले ठहर ग¥यो । सडकमा कुकुरहरु किन घट्दैनन् भन्ने सवाललाई महत्वसाथ अध्ययन गर्दा अन्ततः मानिसहरुमा कुकुर साटेर पाल्ने मोह नै मुख्य भएको पाईयो । बजारमा पाईने नयाँ ब्रिडका कुकुरका छाउरा पाल्ने अभिलासामा आफुले पालिरहेको कुकर सडकमा छोड्दै अन्यजातका कुकुर ल्याएर पाल्ने कार्यले अन्ततः सडक भरिने गरि कुकुर बढेको बढेकै गरेको पाइएपछि केरला सरकार द्धारा एउटा नयाँ कार्यक्रमको घोषणा गरियो । नयाँ कार्यक्रममा विशेषज्ञहरुले कुकुर पुनस्र्थापना केन्द्र खोल्ने सल्लाह दिए ।
उचित तालिम र अनुशासनमा बसेका कुकुरहरुको मेला हेर्न धेरै मानिसहरु आउने गर्छन् । पुनस्र्थापना केन्द्रमा राखिएका कुकुरहरु कुकुरप्रेमीहरुले पुनः खरिद गरेर घर लाने पनि गर्दछन् । केरेलामा सडक कुकुर पुनस्र्थापना केन्द्र बाहेक कुकुर पर्दशनी केन्द्रको समेत व्यवस्था गरिएको पाईन्छ । विभिन्न जातका रंगिचंगी कुकुरहरुको मनमोहक दृश्य र उनिहरुको चन्चलता हेर्न टाढा–टाढा बाट मानिसहरु आउने गरेको पाईन्छ । भारतको केरेला राज्य सरकारद्धारा सञ्चालित कुकुर पुनस्र्थापना केन्द्रमा घरवार विहिन भएका कुकुरहरु संग्रह गरि राखिएको छ । संग्रह गरेर राखिएका कुकुरहरु पारखीहरुले पुनः खरिद गरेर आफनो घर लाने गर्दछन् ।

कुकुरहरुको संग्रह गरेर बनाईएका प्रदर्शनीस्थलमा हजारौँ मानिसहरु टिकट काटेर अवलोकन गर्ने गर्दछन् । कुकुरहरुको संग्रह गरेर राखिएका प्रदर्शनीस्थलबाट आन्तरिक र वाह्य पर्यटन प्रर्वधन गर्न सकिने कुरा केरलाकी स्टेडग विषेशज्ञ “भि जारा” ले आप्mनो अनलाइन संस्करणमा उल्लेख गरेकी छिन् । केरला लगायत भारतको धेरैवटा राज्यले अहिले कुकुर पुनस्र्थापना केन्द्रहरु स्थापना गर्न थालेका छन् । भारत मात्र होइन थाइल्याण्ड सरकारले पनि यस्ता केन्द्र मार्पmत कुकुरहरुको संरक्षण गरेको पाईन्छ ।
अमेरिका स्थित एनिमल वेलफेयर सेन्टरका निर्देशक एस.टी. हवट्सको विचारमा सडकमा छोडिन वाद्य पारिएका कुकुरहरु सबै नराम्रा हुदैनन् । उचित रेखदेख, स्याहार चाकर, नियमित स्वास्थ्य जाँच तथा नियमित खोपको व्यवस्था गर्ने हो भने ७५ प्रतिशत कुकुरहरु राम्रा भेटिन्छन् । मेरो अत्यन्तै मिल्ने साथी थियो, उसले मेरो पसलमा आएर महंगो दाम पर्ने उन्नत जातको कुकुर लिएर गयो ।

कुकुर लिएर जाँदा उ जति खुशी थियो १५ महिना पछि उसले मलाई फोेन गरेर भन्यो– “मिसेज हवट्स, तिमिले दिएको कुकुर सानोमा लोभलाग्दो थियो तर अव उ मेरोलागी वोझ भएको छ । मैले हिजो मात्र उसलाई पार्कमा छोडेर आएँ । …..अँ साची मलाई नयाँ ब्रिडको दुई वटा छाउरा पठाईदेउ है ?” – एस.टी. हवट्स्ले कुकुर कसरी सडकमा थपिन्छन् भनेर कथा सुनाईन । यु.के.की पशुस्वास्थ्य विशेषज्ञ लारा भन्छिन् – “सुरक्षित पर्यटकिय गन्तव्य मानिने र रोजगारीको निकै धेरै अवसर सृजना गर्न सकिने भएकोले विकाशन्मुख राष्ट्रले स्ट्रे डग (छाडा छोडिएका कुकुर) को महत्व बुभ्mनु जरुरी छ ।” लाराको कुरा मनन गर्ने हो भने सडक कुकुरहरु पनि हाम्रा सम्पत्ती हुन् भन्ने कुराले स्थान पाउँछ ।

कुकुर मार्न मिल्छ भनेर कुनै पनि देशका मानिसहरुले भन्न चाहदैनन् । उनिहरु विकल्पको खोज गर्न माहिर हुन्छन् । जनावरहरुलाई संरक्षण गर्ने अभियान सँगै यसबाट पर्यटकिय गन्तव्य बनाई आय आर्जनको माध्यम बनाउन सकिन्छ भन्ने विदेशीहरुको विचारलाई प्रेरणाको रुपमा लिने हो भने, घरपालुवा जनावर मध्ये मानिसको अत्यन्तै मिलनसार र सहयोगी जन्तु कुकुरको संरक्षण गर्ने कार्यमा ठोस योगदान पुग्न सक्छ । आज पाठो खायो भन्ने समाचारलाई वेवास्ता गरिदा भोली मान्छेलाई रेविज सर्न थाल्यो भन्ने समाचार भाइरल हुदैन भन्न सकिदैन र पर्सी त्यही समाचार मोडिएर रेविज सर्न थाल्यो भन्ने समाचार मोडिएर रेविज द्धारा फलानो गाउँका मानिस सखाप भन्ने हेडलाईन बन्दैन भन्न सकिदैन । स्थिती भयावह हुन सक्छ तसर्थ समयमा ठोस निति र कानुनी प्रावधानको व्यवस्था गरी सडक कुकुरहरुलाई राम्रो कार्यमा प्रयोग गर्न ध्यान पुगोस् ।

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

माओबादको बैचारिक त्रुटी र आलोचनात्मक दृष्ट्रिकोण

२६ December १९८३ मा हुनान प्रान्तमा जन्मिएका माओ सन् १९११ को क्रान्ति पश्चात छ महिना सैनिकमा कार्यरत भए । जहाँ उनले सैनिक दर्शनबारे यथेस्ट ज्ञान प्राप्त गरे । पछि १९१८ मा एक बिश्वबिद्यालयबाट स्नातक...

मेरो नजरमा राष्ट्रिय विभूति महानन्द– भारती न्यौपाने

“चाहिँदैन स्वर्ग किं वा वैकुण्ठको बास नेपालको सेवा गरौँ रहुन्जेल सास” – महानन्द सापकोटा नेपालको पूर्वी जिल्ला इलामको इरौंटार गाविसअन्तर्गत पर्ने देवन छापको सापकोटा परिवारमा जन्मिएका महानन्द सापकोटा (विसं १९५३–२०३५) पूर्वका मात्र नभएर राष्ट्रकै विभूति हुन्...

अबको ८२ दिन पछि म यो सरकारको तारिफ नै तारिफ गर्न चाहान्छु: रवि लामिछाने

सरकारका काम कारवाहीमा प्रश्न जिज्ञासा, शंका, प्रतिक्रिया अभिव्यक्त गर्नु एकदमै स्वभाविक र सामान्य कुरा हो । त्यो भन्दा पनि ठूलो कुरा यो आम मानिसको अधिकार हो, संचार माध्यमको धर्म हो । सरकारले के बिराउँछ...

“म जन्मिएको दिन” – सुमन लेप्चा (वाङ्गचु)

म जन्मिएको दिन आकाश गर्जिएको थियो रे हुरि बतास चलेको थियो रे बादल रुएको थियो रे भन्छ्न म जन्मिएकै दिन त्यो पारी गाउँमा पहिरो पनि गएको थियो रे त्यसैले मलाई मेरो रिस्तेदारहरुले क्रोधित भएको बेलामा कसैले चैते बाँदर भन्छन कसैले हुरिबतास भन्छन त्यसमाथी ढाट्ने दिनमा जन्मिएर कतिले गिज्याएर सिरिया...

हाम्रो लागि प्रश्नहरु !

प्रतिक राई विभिन्न सञ्चारमाध्यम अनि सामाजिक सञ्जालहरुमा लेखिएको र देखिएको परदेसी भूमिमा नेपाली दाजुभाइ दिदीबहिनीको पीडाले सबै नेपालमा अनि संसारमा छरिएर बसेका नेपालीहरुलाई मार्मिक बनाएको छ । उच्च शिक्षा आर्जन अनि आँखाभरी सपना बोकी अति...

कोटा र आरक्षणमा नै रमाउने बानी परिसक्यो

महिलाका लागि सुरक्षीत समाजको परिकल्पना गर्ने हो भने शबैभन्दा पहिला महिलालाई हेर्ने दृष्टिकोण ,गर्ने व्यवहार र उनिहरुको अधिकारको पक्षमा परिवर्तन आउन निकै जरुरि छ । वर्तमान महिलाको अवस्था धरै राम्रो छ र आजको दिनमा...

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...

हाम्रो सोच, शरीर र स्वास्थ्य

कुनै विशेष अवसर वा घटनाहरुलाई छोडेर हाम्रो सामान्य दिनचर्यामा के कस्ता अवस्थारपरिस्थितिमा हामी भित्र सुख वा दुस्खको अनुभूति हुने गर्छरु अर्थात हामी कुन अवस्थामा सुखको अनुभुति गर्ने गर्छौ अनि कुन अवस्थामा दुस्खकोरु यस्ता प्रश्नहरुको...

डिएसपी साहेव, नाका निगरानी किन सुस्त, कि सेटिङ्ग भयो ?

खगेन्द्र घिमिरे करिब दश वर्ष भएछ मैले पत्रकारीता गरेको । अझ पूर्वी नाका काँकरभिट्टाको बारेमै केन्द्रित भएर लेख्न थालेको पनि पाँच वर्ष नाघेछ । यो बीचमा प्रहरी प्रशासनमा धेरै प्रमुखहरु फेरिए । सबैले नाकामा हुने...

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या...