Face of the Week [गणेश गौतम] थोरै ब्यक्ति हुन्छन् जसको सोच सकारात्मक हुन्छ !

निश्वार्थ भावनाले सडकमा आफू कसरी बँच्ने र अरुलाई कसरी बचाउने भनेर काम गरिरहेको छु ।

कुशुम योन्जन तामाङ

केहि समयअघि एउटा तालिममा सहभागि भैरहँदा तालीममा प्रशिक्षण दिने सरले भनेको कुरा सम्झनछु, सबैको जिन्दगी गणेश भगवानको जस्तो हुँदैन एउटा शिर काटीएपछि अर्को जोड्न मिल्ने र सबैको पिता भगवान शिव हुँदैेनन् एउटा शिर काटीएपछि अर्को जोडीदीने त्यसैले सबैले सवारी चलाउँदा ध्यान दिएर चलाऔँ । निकै घतलाग्दो यो कुरा म सँधै समझन्छु । पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरु दिनानुदिन बढ्दो क्रममा छ । दैनीकजसो हुने सवारी–सडक दुर्घटनामा परि ज्यान गुमाउनेको सँख्या पनि बढ्दो छ । नितान्त सामाजिक चेतनाको विषय हो ट्राफीक व्यवस्थापन ।

ट्राफीक व्यवस्थापन र सडकमा देखिने समस्या समाधान गर्नका लागि राज्यका विभिन्न निकायहरु क्रियासिल छन् तर पनि ट्राफीक व्यवस्थापनमा चुनौती र समस्या उत्तीकै छन् । ट्राफीक नियमको बेवास्ता र जथाभावि नियम उँल्घन गर्नाले पछिल्लो समय सडक दुर्घटना बढी हुने गरेको छ । पछिल्ला दिनहरुमा रेडियो, टि.भि र पत्रपत्रिकामा सडक दुर्घटनामा परि ज्यान गुमाएको समाचार नछापीएको वा प्रसारण नभएको दिन सायदै होलान् । ट्राफीक नियम पालना नगर्नु, मादक पदार्थ सेवन गरेर सवारी हाँक्नु, द्रुत गतिमा सवारी चलाउनु र पैदल यात्रुले पनि नियम उँल्लघन गरि जथाभावि हिँड्नुले पनि धेरैजसो सवारी दुर्घटना हुने गरेको देखिन्छ ।

ट्राफीक नियम सम्बन्धी पछिल्लो समय सचेतनामुलक कार्यक्रम गर्न नागरिक क्षेत्रबाट विभिन्न सँस्था र व्यक्ति पनि क्रियासिल भैरहेका छन् जसमध्ये जिवन चक्र समाज नेपाल सँस्था रसँस्थाका सँयोजक गणेश गौतम एक उदाहरण हुन् । दमक निवासि गौतम पेशाको हिसाबले आफै पनि सवारी चालक हुन् । डेढ दशकदेखि लगातार रुपमा सवारी यातायातमा काम गर्दै आएका गौतमले केहि समयअघि एउटा जीम्मेवार नागरिकको तर्फबाट नेपालमा भैरहेको सडक दुर्घटनाको अवस्था र यसलाई कसरी न्यूनीकरण गर्न सकीन्छ भन्ने हेतुले साथीभाईसँग मिलेर दुर्घटना हुनबाट एकअर्कालाई बचाऔँ, रक्तदान गर्न युवालाई प्रेरीत गरौँ भन्ने उद्येश्यले जिवन चक्र समाज नेपालको स्थापना गरिएको बताए । सडकमा छाडा छोडिएको चौपायाका कारण पनि धेरैजसो सवारि दुर्घटना हुने गरेको गौतमको अनुभव छ ।

हामी धेरै मानिसको स्वभाव हुन्छ, बाटोमा चौपाया मरेको देख्योभने सिनो भन्दै नाक खुम्च्याएर टाउको बटार्ने तर गौतम भने त्यस्तो देख्ने बितिकै सफा गर्न आफै तम्सन्छन् ।

मानीसको एउटा स्वभाव हुन्छ आफू पनि तल बस्ने र अरुको खुट्टा तान्ने, मानविय स्वभावनै हो कोहि लडेको देख्ने बित्तिकै उठाउनुको साटो खित्का छोडेर हाँस्ने । थोरै मात्र मानीस हुन्छन् जो सकारात्मक सोच बोकेर हिँडिरहेका हुन्छन् र यस्ता मानीसमध्ये गौतम पनि एक हुन् भन्दा फरक नपर्ला ।

सुरुवाती दिनमा यसरी काम गर्दा धेरैजसोले चर्चा कमाउँन देखावटी काम गरेको भन्दै खिसि गरेको तितो अनुभव गौतमसँग छ । तर त्यस्तो कुराले काम गर्न अझ हौसला मिलेको गौतम बताउँछन् । आफू र सँस्थाले कुनैपनि किसिमको स्वार्थ नराखी निश्वार्थ भावनाले सडकमा आफू कसरी बँच्ने र अरुलाई कसरी बचाउने भनेर काम गरिरहेको र सकीन्छ भने हामी सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक सोचका साथ काम गर्नुपर्ने गौतमको भनाई छ । राज्यले गर्नुपर्ने काम भएतापनि आफू र आफ्नो सँस्थाले परिकल्पना गरेर थालेकोले यो अभियानमा सबैको साथ आवश्यक रहेको गौतम बताउँछन् ।

सवारी दुर्घटनाका कारण हुने क्षती र त्यसबाट जिवनमा पर्ने कठीनाईलाई जनस्तरमा उजागर गर्ने सँस्थाको मूख्य उद्य्श्य हो । दुर्घटनाका कारणको अनुसन्धान गर्ने, कारण पत्ता लगाइ निराकरण को प्रयत्न गर्ने, रक्त दानका शिविर आयोजना गर्ने, रक्त दान बारे जनचेतना फैलाउने, सडक सुरक्षाबारे निरन्तर गतिविधि सन्चालन गर्ने जस्ता सेवाका कामहरु प्रहरी सङ्गको साझेदारी र सहकार्यमा जिवन चक्र समाज नेपालले सन्चालन गरीरहेको छ ।

यसको अलावा लागू पदार्थको दुर्व्यशन यसबाट समाजमा परेको पीडा र बाल बालिकाको भविष्यका बारेमा समेत विभिन्न चेतनामूलक कार्यक्रम सन्चालन गरिरहेको गौतमको भनाई छ ।

हाम्रो दमक डटकमको साप्ताहिक स्तम्भ Face of the Week का लागी सहकर्मी कुशुम योन्जन तामाङले गौतम संगको कुराकानीको आधारमा तयार पारिएको ।

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

यो हप्ताको अनुहार बाट अन्य

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

आदिवासी रंगशाला पूर्ववत निर्णयमा फर्किएको घोषणा

दमक,३२ जेठ । झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प त्तत्काल वन्द भएको जनाएको छ । प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दे विगत केही...

गर्मीले कुखुरा मर्न थाल्यो

दमक,३१ जेठ । गर्मी बढे्संगै झापाका कुखुराहरु मर्न थालेका छन् । गर्मीका कारण व्यवसायिक पालन गरिएका ब्रोइलर तथा लेयर्स जातका कुखुराहरु मर्न थालेका हुन् । दमक–९ को पञ्चमुखी कृषि फार्मका सञ्चालक देवराज अधिकारीका अनुसार...

दमकबाट हराएकि बिर्तामोडकि ७ बर्षिया बालिका भेटिइन्

दमक । झापाको दमकबाट बुधबारदेखि हराएकि झापा बिर्तामोड कृषी चौकनिवासी शुक्रराज जोगीकी ७ बर्षिया बालिका पुर्णिमा जोगी बिहिबार भेटिएकि छिन् । बुधबार बिहान छीमेकी दिदिले लिएर गएकी छोरी पुर्णिमा बिहिबार बिहान परिवारको सम्पर्कमा आएकि हुन्...

दमकमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

दमक,३० जेठ  । संघीय सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम झापाको दमकमा पनि शुरु भएको छ । आज बुधबार नगरपालिकामा औपचारिक एक कार्यक्रम गरि १ सय ७६ युवालाई रोजगारी प्रदान गरिएको जानकारी गराईएको हो...