कागतीको बोट मर्न थालेपछि किसानहरु चिन्तित

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २३, २०७६



  • दमक, २३ जेठ । केही वर्ष यता झापामा व्यवसायिक कागती खेती सुरु भएपछि कागती खेतीमा लगानी गरेका कृषकहरु पछिल्लो समय अज्ञात रोगका कारण कागतीका बोटहरु मर्न थालेपछि चिन्तित भएका छन् । फल लाग्ने बेला भएका कागतीका बोटमा पात डढ्ने र मुना सुक्ने रोग लागे पछि कृषकहरु चिन्तित भएका हुन् ।
    एक विगाह १० कठ्ठा जमिन भाडामा लिएर २० लाख रुपैयाँको संयुक्त लगानीमा व्यवसायिक खेती शुरु गरे पनि अहिले कागती धमाधम मर्न थालेपछि लगानी डुब्ने चिन्ता बढेको झापाको बिर्तामोड नगरपालिका– २ चारपानेका हरिभक्त उप्रेती र उमेश शर्माले गुनासो गरे । लटरम्म फल लागेका कागतीका बोटको मुना र पात पहेंलिँदै सुकेर जान थालेपछि चिन्ता थपिएको कृषकद्धयले गुनासो गरे ।
    कृषि प्राविधिकहरुलाई गुनासो सुनाए पनि समस्याको समाधान गर्नुको सट्टा कुरा सुन्न समेत नमानेको उप्रेतीले गुनासो राखे ।
    स्थानीय जनप्रतिनिधि, बिर्तामोड नगरपालिकाका प्रमुखसहित कृषि शाखा प्रमुख र प्राविधिक तथा कृषि ज्ञान केन्द्रलाई आफूहरुको समस्याको विषयमा जानकारी गराए पनि एकपटक फर्केर समेत हेर्न नआएको उप्रेतीको गुनासो छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology