बिर्तामोड गोल्डकप : पूर्वेली युथ क्लब सेमिफाइनलमा

हाम्रो दमक

बिर्तामोड, जेठ २३ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको बिहीबारको खेलबाट पूर्वेली युथ क्लब बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा चन्द्रगढीको मुनाल क्लबलाई ५–२ ले स्तब्ध पार्दै पूर्वेलीले बाजी मारेको हो । पूर्वेलीका लागि विकास बुढाथोकीले खेलको १७औँ मिनेटमा गोल गरेर अग्रता दिलाए । खेलको ३१ औँ मिनेटमा पुनः बुढाथोकीले अर्को गोल गर्दै पहिले हाफमा खेल २–० को स्थितिमा पुर्याए ।


दोस्रो हाफमा भने गोलको वर्षा भयो । खेलको १२ औँ मिनेटमा आशिष चापागाईंले उत्कृष्ट गोल गरे । ३–० को अग्रतालाई रोक्दै मुनालका तर्फबाट खेलको १४ औँ मिनेटमा श्याम मुर्मू ‘बी’ ले खेल ३–१ मा पुर्याए । तर, पूर्वेलीका लागि ३१ औँ मिनेटमा विकेस लिम्बू र ४१ औँ मिनेटमा प्रविन गुरुङले गोल गरे । मुनालका लागि ३२ औँ मिनेटमा पेमा लामाले गोल गरेर दूरी घटाउने प्रयास गरे ।
खेलको म्यान अफ दी म्याच पूर्वेलीका आशिष चापागाई घोषित भए । उनलाई आयोजक क्लबका अध्यक्ष राजकुमार बिकले नगद तीन हजार प्रदान गरे ।
रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५१ हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकका अध्यक्ष राजकुमार विश्वकर्माले जनाएका छन् । भोलिको खेल आयोजक रेड स्टार एफसी बिर्तामोड र त्रिवेणी एफसी इलामबीच हुनेछ ।

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

इलामकी सुजाता तामाङको हत्या आरोपित पक्राउ

पाँचथर ,५ असार । दुइ दिन अघि पाँचथरमा हत्या गरिएकी सुजाता तामाङको हत्यामा संलग्न आरोपि पक्राउ परेका छन्। मंगलबार पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता हत्या भएको थियो। जिल्ला प्रहरी...

७ जना कृषकलाई नगदसहित सम्मान

बुधबारे ,५ असार । झापाको बुद्धशान्ति वडा नम्बर ४ ले बिहिबार ७ जना उत्कृष्ट कृषकलाई जनही १० हजारका दरले प्रोत्साहन रकम सहित सम्मान गरेको छ ।वडाको बजेटबाट ७ जना उत्कृष्ठ कृषकलाई सम्मान गरिएको वडाध्यक्ष...

कोपा अमेरिकाको दावेदार मानिएको अर्जेन्टिना समूह चरणको अन्तिममा

एजेन्सी | कोपा अमेरिका २०१९ को समूह ‘बी’ अन्तर्गत अर्जेन्टिना र पाराग्वेको खेल १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा १-० ले पछाडी परेको अर्जेन्टिनाले दोस्रो हाफमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल फर्काएको...

पुनर्निर्माण र पुनर्स्थापनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता

काठमाडौं, असार ५ | दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता...

बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई...

पूर्वमा भोलिदेखि ‘रेस ’फिल्म प्रर्दशनमा

दमक,५ असार । भोलि असार ६ शुक्रवार गतेदेखि पूर्वका सिनेमाहलहरुमा नेपाली चलचित्र ‘रेस’ प्रर्दशनमा आउने भएको छ । गत जेठ २४ गते राजधानीका हलहरुमा प्रर्दशनमा आएको सो चलचित्र राजधानी वाहिर भने भोलिदेखि प्रर्दशनमा आउन...

दमकमा मोटरसाईकल चोरीको घटना बढ्यो

दमक,५ असार । केहिदिन यता दमकमा चोरीको घटना बढेको छ । दमक चौंक ,वजार क्षेत्रमा दिनदहाडै मोटरसाईकल चोरीको घटना वढेको हो ।साता दिन यता दमकमा विभिन्न किसिमका ४ वटा मोटरसाईकल चोरी भएको प्रहरीमा उजुरी...

पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने

पाडाजुंगी,४ असार । कमल गाँउपलिका ५ स्थित पाडाजुंगीको आइलैण्ड व्यवस्थित हुने भएको छ । पूराना आइलैण्डलाई थप व्यवस्थित गर्न धमाधम निर्माण कार्यभईरहेको वडाध्यक्ष डम्बर वहादुर निरौलाले बताए । वडा कार्यालयसहित स्थानीय उपभोक्ताहरुको साझेदारीमा आइलैण्ड वनाउने...

शिखा साकोसले दियो शैक्षिक सामाग्री

दमक,५ असार ।दमक –६ स्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले ८ औं स्थापना दिवसका अवसरमा दमक १० स्थित सगरमाथा आधारभुत विद्यालयमा अध्ययनरत ९२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार संस्थाले किताब बोक्ने...

प्रदेश १ स्तरीय मुख्य मन्त्रि कप टि-२० क्रिकेटको सेमिफाइनलमा झापा

सुनसरी । सुनसरीको इनरुवामा जारी प्रदेश १ स्तरीय मुख्य मन्त्रि कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। बुधवार सम्पन्न खेलबाट झापा र सुनसरी सेमिफाइनलमा प्रवेश गरेसंगै प्रतियोगिताको शिर्ष-४ मा पर्ने टोलीको टुंगो लागेको...