स्कुलमा भाईस क्याप्टेन र हाउस क्याप्टेन छान्न निर्वाचन


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २३, २०७६


  • दमक,२३ जेठ । दमक ७ स्थित इष्र्टन स्टार अंग्रेजी बोर्डिङ्ग स्कुलले आज विद्यार्थीहरुका लागि स्कुल भाईस क्याप्टेनसहित विभिन्न आठ पदको नेतृत्व छान्न निर्वाचन सम्पन्न गरेको छ ।  स्कुलमा आज भएको निर्वाचनमा स्कुल भाइस क्याप्टेनमा हृदय पुलामीले चुनिए । पुलामीका प्रतिद्धन्दी आयुस चम्लागाई थिए । यसैगरि, निर्वाचनबाट एक महिलासहित दुई जना भाइस हाउस क्याप्टेनतर्फ समेत ८ जना विद्यार्थी निर्वाचित भएका प्रिन्सीपल लछुदाश राईले जानकारी दिए ।

    हाउस तर्फको निर्वाचनबाट भानुभक्ततर्फ हंकर पौडेल,दिया राई ,गङालाल हाउसतर्फ सरोज श्रेष्ठ ,चासुमा राई ,पासाङलामु हाउसतर्फ युनिश खान, नलिजा राई र यलम्बर हाउस तर्फ हेमकुमार राई र इक्सा राई चुनिएका प्रिन्सीपल राईले जानकारी दिए ।चार वटा हाउसका लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

    निर्वाचनमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत १८९ जना विद्यार्थीहरु मध्ये १८१ जनाले मतदानमा भाग लिएका गठित निर्वाचन प्रिन्सीपल राईले बताए । मतदानमा ५ मत वदर भएको थियो । स्कुलले शैक्षिक पाठ्यसामाग्रीको आफनो कार्यक्रम अन्तगर्त वर्सेनी नयाँ शैक्षिक सत्रमा स्कुल भाईस क्याप्टेन र हाउस भाईस क्याप्टेनको निर्वाचन गरिआएको उनले जनाएका छन् ।
    निर्वाचन सम्पन्न गर्न स्कुलका शिक्षक आरके दाशको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । स्कुल भाइस क्याप्टेन प्रत्यक्ष प्रणाली र हाउस तर्फको मतदानमा भने हाउसका विद्यार्थीहरुले मतदानमा सहभागिता जनाएका थिए । निर्वाचन कार्यक्रम अनुसार विभिन्न पदहरुका उम्मेदवारहरुवीच ककस समेत गरिएको सहायक प्रिन्सीपल घनश्याम कोइरालाले जानकारी दिए ।निर्वाचन सम्बन्धी प्रयोगात्मक जानकारी दिन समेत स्कुलले भाईस क्याप्टेन र हाउस भाईस क्याप्टेनहरुका लागि गत १९ गते देखि निर्वाचन कार्यक्रम सञ्चालन गरेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology