दमकका ग्रामीण भेगमा मधुमेह रोगी वढ्दै

गत मंसीर ७ गतेदेखि चैत १८ गतेसम्म दमकको ग्रामीण क्षेत्र मानिने वडा नम्बर ३,१० संगै दमक ५ र ७ का २०३९ जनाको रगत परिक्षण गर्दा पूराना ६१२ र नयाँ ४२ जनामा यो रोगी भेटिएको उनले बताए ।

हाम्रो दमक

दमक,२३ जेठ । झापाको दमकका ग्रामीण भेगका बासिन्दाहरुमा मधुमेह रोग वढ्दै गएको पाईएको छ । शहरी क्षेत्रका हाराहारीमा ग्रामीण क्षेत्रका बासिन्दाहरुमा समेत मधुमेह रोगको संक्रमण बढ्दै गएको पाईएको दमकमा गरिएको एक अध्ययनले देखाएको छ ।

अध्ययन सर्वेक्षण सार्वजनिक गर्दे स्वास्थ्यकर्मी समेत रहेका भट्टराईसहित लायन्सकर्मीहरु ।

लायन्स क्लव अफ दमक इष्र्टनलाइन र लायन्स क्लव अफ दमक ग्रिनसिटीले हालै गरेको मधुमेह रोगीको जाँच पड्तालको एक सय दिने अध्ययनको सर्वेक्षणले दमकका ग्रामीण भेगका बासिन्दाहरुमा समेत मधुमेध रोगको अवस्था बढ्दै गएको जनाएको हो ।

अध्ययन सर्वेक्षण आज यहाँ पत्रकार भेटघाट कार्यक्रम गरि सार्वजनिक गरिएको लायन्स क्लव अफ दमक इष्र्टनलाइनका अध्यक्ष बिमल शर्माले बताए । सर्वेक्षणमा संलग्न स्वास्थ्य सहायक समेत रहेका लायन्स क्लव अफ दमक ग्रिनसिटीका सेकेण्ड भाइस प्रिसीडेन्ट कुवेर भट्टराईका अनुसार एक सय दिने निशुल्क मधुमेह जाँच परिक्षणको प्रांरिम्भक अध्ययनले शहरी संगै ग्रामीण भेगका बासिन्दामा समेत मधुमेह वढ्दै गएको छ ।
गत मंसीर ७ गतेदेखि चैत १८ गतेसम्म दमकको ग्रामीण क्षेत्र मानिने वडा नम्बर ३,१० संगै दमक ५ र ७ का २०३९ जनाको रगत परिक्षण गर्दा पूराना ६१२ र नयाँ ४२ जनामा यो रोगी भेटिएको उनले बताए । उनले भने , –‘यो अध्ययनले नगरका ग्रामीण भेगका बासिन्दाहरुमा समेत मधुमेह रोग फैलिदै गएको छ, अव रोग लाग्न नदिन सावधानी अपनाउन जरुरी भईसकेको छ ।’

अध्ययनमा भेटिएको कुल मधुमेह रोगीमध्ये नयाँ थपिएका रोगीको अवस्था ६.८६ प्रतिशत रहेको उल्लेख छ । पूराना मधुमेह पुरुष २०.०५ प्रतिशत र महिला ९.६ प्रतिशत महिला रहेको अध्ययनका क्रममा भेटिएको भट्टराईले जानकारी दिए ।
अध्ययनका क्रममा खटिएको टोलीले सामूहिक तथा घरघरमा पुगेर रगत परिक्षण गर्नुका साथै मधुमेह रोगको सावधानीका बारेमा समेत सचेतनामूलक जानकारी प्रदान गरिएको थियो । अध्ययन सर्वेक्षण सार्वजनिक कार्यक्रममा लायन्स अग्रज अजय अग्रवाल, लायन्स क्लव अफ गोल्डका अध्यक्ष काशी खाती,लायन्सकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

बिहि, जेष्ठ २३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दिदीकै योजनामा बहिनीमाथि बलात्कार

केरावारी,५ असार । मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी...

विश्वभर १८ हजार नेपाली शरणार्थी

दमक,५ असार । विभिन्न मुलुकमा शरण लिएर बसेका नेपालीको संख्या १८ हजार ६ पुगेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले नेपाली शरणार्थीको तथ्यांक पहिलोपटक सार्वजनिक गरेको हो । ती शरण...

कांग्रेसद्धारा १८३ नेतामाथि अनुशासनको कारवाही

    काठमाडौं ,३ असार । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र संघीय संसदका वागी उम्मेदवार ता उनीहरुका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । साथै पार्टीमा गएर उमेदवार बनेकाहरुको नाम पनि पार्टीको अभिलेखबाट हटाउने अनुशासन...

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...